Search

सदरमुकाम चरिकोटमा “हाम्रो दोलखा” शिर्षकमा बक्तृत्वकला प्रतियोगी सम्पन्न, त्रिपुरा ग्लोरियस एकेडेमीका प्रितिमा प्रथम

सदरमुकाम चरिकोटमा “हाम्रो दोलखा” शिर्षकमा बक्तृत्वकला प्रतियोगी सम्पन्न, त्रिपुरा ग्लोरियस एकेडेमीका प्रितिमा प्रथम

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुका चरिकोटमा आज आयोजित “हाम्रो दोलखा” शिर्षकमा भिडियो वक्तृत्वकला सम्पन्न भएको छ । उक्त प्रतियोगीताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । जुन प्रतियोगीतामा प्रथम स्थानमा त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटकी प्रितिमा गौतम प्रथम, दोश्रो स्थानमा त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटकै सुप्रीया श्रेष्ठ, तृतियमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमान्डौँमा अध्यनरत सलिना पोखरेल र सान्त्वनामा टाशि छिमे गाछल आधारभुत विद्यालयमा अध्यनरत लोसाङ छुल्ठिम हुनु भएको थियो ।

बक्तृत्वकलामा विजयी प्रतियोगीहरुलाई क्रमश पहिलोलाई ५ हजार, दोश्रोलार्ई ३ हजार, तृतिय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद सहित स्टेशनरी सामग्री वितरण गरिएको थियो । उक्त प्रतियोगितामा २२ जनाले सहभागिता जनाएको स्मार्ट दोलखा स्वतन्त्र आवाज फेसबुक समुहका प्रतिनिधि सरोज केसीले जानकारी दिनुभयो ।

बालबालिकाहरुलाई समेटेर सामाजिक सन्जाल फेसबुक ग्रुप स्मार्ट दोलखा स्वतन्त्र आवाजले प्रतियोगीता आयोजना गरेको हो । उक्त कार्यक्रममा पुरस्कार वितरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले पुरस्कार हस्तारन्तरण गर्नु भएको थियो ।

यसै गरि कालिञ्चोक सामुदायिक एफ एम स्टेशन म्यानेजर जीवन लामा, आवज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की, नेफ्स्कुन दोलखाका कार्यालय प्रमुख राजेश खड्का, त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटका शिक्षक अर्जन तामाङ, पत्रकार गोकर्ण भण्डारी, युवा व्यवसायि इश्वर दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!