संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस, आजै दिउसो १ बजेबाट अन्त्य हुने

बाँपीझ्याला, एजेन्सी । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य र आव्हान हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन अन्त्य हुने अपेक्षा गरिएको छ । आज अपरान्ह १ बजेबाट अधिवेशन अन्त्य हुने एक मन्त्रिले जानकारी दिनुभयो ।

गत पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।

संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनको तयारीका लागि चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारको दावी छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours