Search

आज पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

६ वैशाख, बाँपीझ्याला, एजेन्सी । सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह पनि गरेको छ । खोप वितरण केन्द्रमा भिडभाड सामाजिक, भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गरी, साबुन पानीले पटक पटक हात धुन समेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!