बाँपीझ्याला, एजेन्सी । बेलायतमा कोरोनाको मामिलामा सुधार आइरहेको छ । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनमा छुट दिन सुरु गरेका छन् । पब र रेष्टुरेन्ट खुल्न थालेका छन् । मानिसहरु बाहिर निस्कन पनि सुरु गरिसकेका छन् । तर सरकारले दिएको यो छुट चिन्ताको विषय बनेको छ । वास्तवमा बेलायतमा शनिबार सुपर स्याटर्डे नाइट थियो । यसअन्तर्गत एकदिनमा करिब ३० लाख मानिस घुम्न निस्किए जसका कारण बेलायतका करिब ५० हजार बार, पब र रेष्टुरेन्ट भरिए ।
रोचक कुरा के छ भने यहाँ मानिसहरुले एक दिनमा ६ मिलियन पोइन्ट्स (२८ लाख लिटर) बियर पिए । त्यो पनि त्यस दिन जब शनिबार बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार भयो । जहाँ थुप्रै मानिसहरु शोकमा डुबेका थिए, त्यतिबेला बेलायतमा भने उत्सव मनाइँदै थियो । रेष्टुरेन्ट र पब सञ्चालकले भने यदि सबै कुरा ठिक भए लकडाउनमा भएको क्षतीको भरपाई चाँडै नै हुने आशा राखेका छन् ।