Search

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

बाँपीझ्याला, मुम्बई । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफु होम क्वारेन्टाईनमा बसेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट गर्दा पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । तर म आफै घरमा क्वारेन्टाईनमा बसेको छु ।

आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएका साथी संगी, आफन्त र शुभचिन्तकहरुलाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन समेत अनुरोध गरेका छन् । ‘

अहिले हामी सबैका लागि डरलाग्दो समय हो । हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’ अर्जुन अगाडि पनि बलिउडका थुप्रै कलाकार कोरोना संक्रमित भैसकेका छन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment