Search

दोलखा भीमेश्वर मन्दिर प्रवेशद्वार भोलीदेखि दोलखावासी र सर्वसाधारण भक्तजनको लागि खुल्ला

दोलखा भीमेश्वर मन्दिर प्रवेशद्वार भोलीदेखि दोलखावासी र सर्वसाधारण भक्तजनको लागि खुल्ला

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
कोविड १९ को संक्रमणबाट दोलखाली स्थानिय जनता र भक्तजन नेपाली दाजुभाई, दिदिबहिनीहरुको सुरक्षालाई मध्यनजर गरी दोलखा जिल्ला प्रशासन कार्यालय चरिकोट, दोलखाले मिती २०७७ असोज ३० गते देखि दोलखा भीमेश्वर मन्दिर लगाएत दोलखा जिल्ला भरीका सवै मठ–मन्दिरहरु र शक्तीपिठहरुमा गर्नु पर्ने नित्यपूजाहरु बाहेक अन्य गतिविधीहरु निषेध गरीएको बिज्ञप्ती जारी गरिएको थियो ।


उक्त निषेध गरिएको निर्णयलाई मिती २०७७ मंसिर १८ गते बसेको दोलखा जिल्ला कोविड १९ को संकट व्यवस्थापन केन्द्रले जिल्ला भित्र कोविड १९ को स्थितीको विश्लेषण गरी गरेको सिफारिस अनुसार मिती २०७७ मंसिर १९ गते शुक्रवारदेखि लागूहुने गरी सो आदेश हटाईएको जानकारी सहितको विज्ञप्ती दोलखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीले बिज्ञप्ती जारी गर्नु भएको थियो ।

यसै गरी सम्पूर्ण दोलखा जिल्लावासी र भक्तजनहरुलाई स्वास्थ सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी मठ–मन्दिर, शक्तिपिठहरुको दर्शन गर्न जारी गरिएको विज्ञप्ती अनुसार मुलढोकाबाट भित्र जान निषेध गरी मन्दिरको प्राङ्गणबाट दर्शन गर्ने व्यवस्था गर्दै आएको थियो ।

यसै सन्दर्भमा समय समयमा स्थानिय वासिन्दाहरु लगाएत भक्तजनहरुले भीमेश्वर मन्दिर भित्र प्रवेश गरी दर्शन गर्न दिन गरेको अनुरोधलाई ध्यानमा राखी आउँर्दै गरेको रामनवमी र चैत्र दशैको अवसरलाई मध्यनजर गरी भोलीदेखि मन्दिरको प्रवेशद्वार समेत खुल्ला गरिएको जानकारी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ र भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठ बताउनु भयो ।


नेपालमा कोविड १९ को दोश्रो लहरले असंर नपारेको खण्डमा साथै अन्य कुनै आपत विपत पर्न नआएको खण्डमा अव मन्दिरको मुल ढोका दोलखावासी र भक्तजनहरुको लागि सधैको लागि खुल्ला रहने र यस बेला दर्शन गर्ने दोलखावासी र भक्तजनहरुले सुरक्षाको मापदण्ड अपनाई मन्दिरको दर्शन गर्न सक्ने व्यवस्था रहेको वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।


यसरी करिव ७ महिना अगाडीदेखि मन्दिरको मुलद्वार बन्द हुर्दै आएको र हाल आएर खुल्ला गर्ने निर्णय गरेकोमा दोलखावासी र स्थानिय होटेल व्यवसायीहरुले स्वागत योग्य निर्णय वडा र भीमेश्वर व्यवस्थापन समितीले गरेकोमा खुसी व्यक्त गरेका छन् ।

Written by 

Related posts

Leave a Comment