Search

‘ओ माई लर्ड’को साथमा आए गरिमा र भिम ( भिडियो )

‘ओ माई लर्ड’को साथमा आए गरिमा र भिम ( भिडियो )

०५ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment