Search

एमाले अनुशासन आयोग प्रमुख बोहोराको ओलीलाई पत्र : भोली बोलाएको समितिको बैठक तत्काल स्थगित गर्न माग

एमाले अनुशासन आयोग प्रमुख बोहोराको ओलीलाई पत्र :  भोली बोलाएको समितिको बैठक तत्काल स्थगित गर्न माग

बाँपीझ्याला, काठमाडौं । एमालेको नेपाल र खनाल पक्षले सोमबारका लागि बोलाएको आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेको छ । नेपाल खनाल पक्षका नेता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गर्नु भएको छ ।

बर्तमान अवस्थामा बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोक्नुपर्दछ ।

उत्तेजना, आवेग र अभिमान हावी भएर कुनैपनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’, बोहोराले भनेका छन् । त्यस्तै बोहोराले सवै पक्षलाई आग्रह गर्दै भनेका छन, –‘मेरो गोरुको बाह्रै टुक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ । पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको २०७७ फागुन २८ गतेको एकतर्फी निर्णयलाई विनाशर्त फिर्ता गरौँ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!