Search

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाखभित्रै विद्युत उत्पादन शुरु गर्ने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाखभित्रै विद्युत उत्पादन शुरु गर्ने

बाँपीझ्याला, काठमाण्डौं। दोलखा जिल्लाको निर्माधिन अवस्थामा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने बताउनु भयो । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताए ।

उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’ बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने समेत बताए । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हामी बैशाख भित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौँ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एक दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए ।

उनले भने बैशाख २० गते पहिलो मेसिन घुमाउँछौँ । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउनसक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्विच गरेर बैशाख ३१ गते आशा गर्दैछौं । तर अहिलेको तालिकाअनुसार जेठ २ गते भनेर गरेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसके पछाडि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको समेत थाहा भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!