अजय प्रधान,
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका १२ जना सर्वसाधारणलाई रेडियो सेट वितरण गरिएको छ । एण्टेना फाउण्डेशन र दि स्टोरी किचनेको आयोजना तथा कालिन्चोक सामुदायिक एफएमको सहकार्यमा सोलार रेडियो वितरण गरिएको थाहा हुन आएको छ ।
यसै गरी एफ एमका श्रोता तथा शुभचिन्तक वडा नम्बर ४ जिलुका घनराज सापकोटा, कृष्ण बहादुर विक, शान्त कुमार विक, शिव प्रसाद सापकोटा, कुमार विश्वकर्मा, सीता सापकोटा, सुजन चौलागाई, मोतिलाल सापकोटा, खड्ग प्रसाद सापकोटा, यादव कुमार सापकोटा, लक्ष्मी सापकोटा र लीलामाया सापकोटालाई भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवं नगरपालीका प्रवक्ता हरिवंश चौलागाईंले रेडियो सेट वितरण गरिएको हो ।
रेडियो वितरण कार्यक्रममा भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका वडा अध्यक्ष हरिवंश चौलागाई, कालिन्चोक सामुदायिक एफएमका स्टेशन म्यानेजर जीवन लामा, दि स्टोरी किचेनकी दोलखा प्रतिनिधि चमेली सापकोटा, रेडियो प्राप्त गर्नुभएका सीता सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बर्तमान अवस्थामा धेरै मानिसको पहुँचमा पुग्न सफल र सरल भरपर्दो माध्यम रेडियोले श्रोता र समाजबीच प्रत्यक्ष जनसहभागिता, सामजिक द्धन्द न्युनिकरणका लागि योगदान पु¥याईरहेको छ ।
रेडियो आम जनतामा पहुँचको दृष्टिले सबैभन्दा अगडि, उपयोगी र सर्व सुलभ भएकाले देश विदेशको खबरदेखि गाउँभरिका किसानका सुचना, जानकारी, आवश्यकता र समस्या रेडियोबाट सजिलै थाहा सजिलो भएको रेडियो सेट पाउने सर्वसाधारण नगरवासीको भनाई रहेको छ ।