Search

वैशाख १० गतेदेखि नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल

वैशाख १० गतेदेखि नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल

बाँपीझ्याला, काठमाडौं । नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१ (नाफ २०२१) यही १० वैशाखदेखि १२ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने भएको छ ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गर्न लागेको फिल्म फेस्टिवलको यो नवौं संस्करण हो । महोत्सवमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा एक दिने बहस समेत हुने आयोजकले बताएको छ ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादीपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी साँस्कृतिक आदान प्रदानका लागि विगत नौ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको जानकारी दिइन् । मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुने बताउनु भयो । नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट ७ वटा चलचित्र चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र रहेका छन् । नेपालबाट चयन भएका चलचित्रहरुमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजँग रावलको सम्साया, सजल लोप्चनको गाईड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाईनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन् ।

नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!