बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालीकामा यही बैशाख ८ गतेदेखी ११ गतेसम्म “भोटेकोसी गाउँपालीका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगी” हुने भएको छ । प्रतियोगीता आयोजक भोटेकोशी गाउँपालीकाले गत बिहिबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगीताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगीतामा तिन बिभागियसहित ६ समूहको सहभागीता रहने छ । एपीएफ, त्रिभुवन आर्मि र नेपाल पुलिस तथा न्यू डायमण्ड क्लव, ढोरपाटन प्रशिक्षण केन्द्र र सिन्धुपाल्चोक भलिबल संघको टोलिले प्रतिस्पर्धा गर्ने जानकार िप्राप्त भएको छ । उक्त प्रतियोगीतामा खेल लिक कम नकआउटका आधारमा खेलाइने छ ।
प्रतियोगीताको विजेतालाई तीनलाख, उपविजेतालाई दुईलाख र तेश्रो स्थान प्राप्त गर्नेलाई एकलाख रकमको पुरस्कारको राशी राखिएको छ । यसै गरी प्रतियोगीतामा चौथा हुनेलाई पचासहजार नगद राशी राखिएको आयोजनकले बताउनु भएको छ ।
प्रतियोगीतामा उत्कृष्ठ खेल प्रर्दशन गर्नेलाई वीसहजार, उत्कृष्ठ लिवेरो, उत्कृष्ठ ब्लकर, उत्कृष्ठ सेन्टर र उत्कृष्ठ प्रशिक्षकले सात सातहजार नगद राशि पाउने भएका छन् । यसै गरी प्रतियोगीताको लागि अनुमानित लागत २८ लाग्ने अनुमान गरिएको छ ।