Search

मेस्सी चम्कदा बार्सिलोना कोपा डेल रे च्याम्पियन

मेस्सी चम्कदा बार्सिलोना कोपा डेल रे च्याम्पियन

०५ वैशाख, बाँपीझ्याला, एजेन्सी दोस्रो हाफमा १२ मिनेटको दौरानमा चार गोल गरेपछि क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको च्याम्पियन बनेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ मिनेटको अन्तरमा चार गोल भएको थियो ।

कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । २०१९ मा भ्यालेन्सिया च्याम्पियन बन्दा बिल्वाओ यो सिजनसहित गत सिजनको फाइनलमा पराजित भएको थियो । गत सिजनको गत महिना भएको फाइनलमा रियल सोसिडाड च्याम्पियन बनेको थियो ।

सेभियामा शनिबार राति भएको खेलमा बिल्वाओले पहिलो हाफमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ६३औं मिनेटमा फ्रान्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुवै गोल कप्तान लियोनेल मेस्सीको नाममा रह्यो । ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अग्रसर गराए । त्यसको चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जितसहित च्याम्पियन बनाए ।

८६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए । बिल्वाओविरुद्ध बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेको थियो । यस्तै रोनाल्ड कोम्यानले प्रशिक्षकको रुपमा बार्सिलोनामा पहिलो उपाधि जित्न सफल भए । उनी यसै समरमा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकको पद छाड्दै बार्सिलोना आएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!