दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित शैलुङ धार्मिक स्थल मात्र नभएर नेपाल अधिराज्यको पर्यटकिय क्षेत्र मध्य प्राकृतीक सुन्दरताले भरिपूर्ण एक महत्वपुर्ण पर्यटकिय स्थान पनिहो । एक शय वटा अग्ला होचा थुम्का थुम्की डाडाँहरुले जोडिएर रहेको यस अग्लो सुन्दरताले भरिएको चुचुरोको नाम हो शैलुङ जुन नाम तामाङ भाषाबाट राखिएको पाईन्छ । पौराणीक समयमा ऋषिहरु तपस्या गर्दथे र कलियुग सुरु भएपछि ती ऋषिहरु कलिको अनुहार नहेर्नका लागि त्यही विलीन भएर उनीहरु अद्यापी, तपस्यामा लिन छन् भन्ने विश्वास धार्मिक भावनाका आस्था राख्ने मानिसहरुको भनाई रहेको पाउछौं । अर्को तिर शैलुङका १०० वटा थुम्कामा बिभिन्न किसिमका खनिज पदार्थ भएको विश्वास पनि गरिन्छ ।

सन् १९९० को भुकम्प आउनु भन्दा पहिले काठमाण्डौको धरहरा यहाँबाट सजिलै देखिन्थ्यो । शैलुङ डाडाँ अत्यन्तै सुन्दर र पर्यटकिय डाडाँ मानिन्छ । यहाँबाट चारैतिर देखिने हिम शिखरहरु अनि यहाँ खेल्ने, नाच्ने डाँफे र बिभिन्न जात जातिका चराचुरीङ्गी एंव जंगली जनावरहरुले गर्दा यस ठाउँ धार्मिक हिसावले भन्दा पनि पर्यटकिय हिसावले अत्यन्तै महत्वपूर्ण एवं रमणीय रहेको छ । यहाँबाट दृश्यावलोकन गर्दा उत्तरी भेगका हिम श्रृंखलाहरु सगरमाथा, गौरीशंकर, गणेश हिमालका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमालका रेन्चहरु सजिलै देख्न सकिन्छ । यसै गरी यहाँ प्राकृतिक गुफा पनि रहेको छ ।

विशेषज्ञहरुको एक सर्वेक्षण अनुसार डाडाँको बीचमा ६५ देखि ७० मीटरको टावर बनाउने हो भने त्यहाँ बाट संसारको अग्लो चुचुरो सगरमाथा हिमाल लगायत अन्य धेरै महत्वपूर्ण हिम श्रृंखलाहरु देख्न सकिन्छ । यसैले हिउँदको समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या बढदै गइरहेको छ । यसरी पर्यटकिय स्थलको हिसावले धेरै महत्वपूर्ण बन्दै गएको यस डाडाँमा होटेल, लज जस्ता आवास सुरक्षा आदीको राम्रो प्रवन्ध पनि हिजो भन्दा दिन प्रतिदिन व्यवस्थीत हुर्दै गएको छ ।
त्यसैले यस स्थानमा घुम्नको लागि स्थानिय तथा बाह्य पर्यटनको आकर्षण बढ्दो रहेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।
