Search

समूदायद्वारा सञ्चालित त्रिरत्न सहकारी विद्यालय – बुंगमती

समूदायद्वारा सञ्चालित त्रिरत्न सहकारी विद्यालय – बुंगमती

ललितपुर जिल्ला ललितपुर नगरपालीका वडा नं. २२, बुङ्गमती स्थित समूदायद्वारा सञ्चालन गरिरहेको त्रिरत्न सहकारी माध्यमिक विद्यालय हो । ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई सुलभ एवं सारपूर्ण शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारी समाज बुङमती लि. द्वारा वि.सं. २०४८ साल सन् १९९० मा यस त्रिरत्न सहकारी माध्यमिक विद्यालय स्थापना गरेको हो । यस विद्यालयबाट शैक्षिक सत्र २०५६ सालमा पहिलो समूहलाई एस.एल.सी.परीक्षामा सामेल गराएको थियो । विद्यार्थीहरूमा आत्मा विश्वास जगाई सिर्जनशिल, सहयोगी भावनाको विकास गर्न विविध सारपूर्ण अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने बालमैत्री शिक्षण विधि तथा विद्यार्थीहरूको बहुआमयिक विकासको लागि विविध अवसरहरुको सिर्जना गर्नु यस विद्यालयको परम्परा र विशेषता रहेको छ ।

एउटा विद्यालयमा हुनुपर्ने पूर्वाधारसहित समुदायको लागि समुदायद्वारा नट फर प्रोफिट, नट फर च्यारीटी, बट फर सर्भिसको अवधारणा अनुरूप संचालित यस क्षेत्रको एउटा सुविधा सम्पन्न संस्थागत विद्यालय हो ।
यस विद्यालयमा विद्यालयको अतिरिक्त विशेषताहरु शिक्षा र प्रविधिको क्षेत्रमा क्रियाशील अनुभवी व्यक्ति, व्यक्तित्वहरूको रेखदेख व्यवस्थापनमा सञ्चालित यस स्कूलमा राष्ट्रिय अन्तर्राष्ट्रिय विद्यालय, महा विद्यालयहरुका विद्यार्थीहरु र स्थानीय विद्यार्थीहरुबीच प्रत्यक्ष अन्र्तक्रिया कार्यक्रम संचालन राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी विद्यार्थीको शैक्षिक र भौतिक विकासको लागि त्।भ्।ब्।ऋ।ज् कार्यक्रम लगायत बिभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।


बालमैत्री कक्षा कोठाहरु बालबालिकाहरूको लागि सुरक्षित क्रियास्थल, खुल्ला स्थान स्वच्छ पिउनेपानी तथा सफा सुग्घर शौचालयको प्रबन्ध बालमैत्री शिक्षण पद्धति तथा हरेक विद्यार्थीको पठनपाठनमा सुष्म विश्लेषण गरी विद्यार्थीहरूको आवश्यकता अनुरुप अतिरिक्त कक्षाको यथोचित प्रबन्ध गरिएको छ । कामकाजी अभिभावकको सुविधालाई दृष्टि गरी दिवा सेवा तथा डे बोडर्सको व्यवस्थाको साथै बालबालिकाहरूको निमित्त स्वास्थ्य पोष्टीक खाजा तथा नास्ताको प्रबन्ध गरेको छ । विद्यालय परिसरमा सुविधा सम्पन्न छात्रवासको व्यवस्था, प्रतिभाशाली जेहेन्दार तथा सुविधाविहीन विद्यार्थीहरूको लागि आंशिक र पूर्ण छात्रबृतिको व्यवस्था गर्नुका साथै सूचना प्रविधिमा आधारित शिक्षण विधि विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटनगर्न र उनीहरूको पढाईमा सार्थक तुल्याउन प्रयोगात्मक अभ्यासको लागि पर्याप्त उपकरण सहितको प्रयोगशाला तथा कार्याशालाको प्रबन्ध गरिएको छ ।


ऐतिहासिक पृष्ठभूमीमा जोडिएको यस बुङ्मतीमा स्थानीय कला संस्कृति ऐतिहासिक भौगोलिक महत्वको थानको संरक्षण र सम्बद्र्धन गर्न, सचेतना जागृत गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी गराउने तथा महत्वपुर्ण स्थानहरुको स्थलगत अवलोकन भ्रमणको प्रबन्ध गर्ने गरिन्छ । पर्यावरण प्रदुषण प्रति सचेतना ल्याउन तथा प्रदुषण न्यूनीकरण गर्न सम्वन्ध संघ–संस्थाहरु संग सहकार्य गरी सरसफाईको विशेष कार्यक्रम संचालन गर्ने गरिएको छ ।
बिद्यार्थीहरुको बौद्धिक, शारिरीक तथा व्यक्तित्व विकासको लागि खेलकुद कार्यक्रम, स्काउटिङ, नेचर क्लव तथा रोटरी ईन्टरएक्ट क्लव जस्ता आदी अतिरिक्त कार्यक्रमहरुमा सहभागी गर्ने गराउने गरिएको छ ।
यस बारेमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष जनकराज तुलाधर संग भएको कुराकानी अनुसार स्कुललाई सहकारीको माध्यमबाट स्थानिय समूदायहरुको सक्रिय सहभागीतामा सञ्चालन भई रहेको स्कुलको बारेमा अगाडी यस्तो भन्नु हुुन्छ ।


यस त्रिरत्न सहकारी माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्षको हैसियतले दुई शब्द राख्ने मौका दिनु भई समूह समूदायका सदस्यहरु लगायत सम्पूर्ण शुभचिन्तक दाजुभाई, दिदीबहिनीहरुको बिचमा मेरो बिचार सम्प्रेशन गर्ने मौका दिनु भएकोमा बाँपीझ्याला अनलाईन पत्रिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । द्वाल्खा नेपाल भाषाको संरक्षण र प्रबद्र्धनमा सहयोग पू¥याउने लक्ष्यका साथ सञ्चालनमा आईरहेको यस अनलाईन पत्रिको निरन्तरता र सफलताको कामना पनी गर्दछु ।


सहकार्य र सहकारीको अवधारणामा सहकारी समाज बुंगमतीद्वारा सञ्चालन गर्दै आईरहेको यस त्रिरत्न सहकारी माध्यमिक विद्यालय समूह समूदायका सदस्यहरुको बालबच्चाहरु अध्ययन अध्यापनको लागि सञ्चालित एक सामूदायिक नमुना विद्यालय हो । एउटा विद्यालयमा हुनुपर्ने पूर्वाधारसहित समुदायको लागि समुदायद्वारा नट फर प्रोफिट, नट फर च्यारीटी, बट फर सर्भिसको अवधारणा अनुरूप वि.सं. २०४८ सालदेखि सञ्चालनमा रहेको यस विद्यालयको आफ्नै मौलिक विशेषता रहेको छ ।

व्यवस्थापन समितीका अध्यक्ष
जनकराज तुलाधर

यसले ग्रामीण क्षेत्रको शैक्षिक गतिबिधी र प्रविधिको अवधारणलाई प्रतिनिधित्व गर्न सफल भएको छ । सहकारी ऐन अन्तर्गत दर्ता यस सहकारी दर्ता रहेपनि परम्परागत सहकारी भन्दा यसले अलि भिन्न धारणा लिएर शिक्षा र प्रविधीलाई स–संगै लिएर अगाडी बढेको छ । यसरी यस सहकारीले विद्यालय संचालन गर्दै आएको छ हाल यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म संचालन गर्न सफल भएका छौं । समूदायस्तरमा संचालन भएको हिसावले स्कूलमा बिबिध प्रविधीको प्रयोग गरिएको कारणले यसलाई हामी सार्क कम्प्रेसिप शिक्षा प्रणाली अनुरुप शिक्षाहरु प्रदान गरेका छौं । साथै समुदायस्तरमा सूचना प्रविधी केन्द्र, बाल सहायता केन्द्रहरु पनि संचालन गर्दै आईरहेका छौं । यसै गरी यस विद्यालयले राष्ट्रिय अन्तर्राष्ट्रिय विद्यालयहरु, संघ–संस्थाहरु संग सहकार्य गर्दै संचालन गरिरहेको छ ।

यसरी समूह समूदायका सदस्यहरुको हितको लागि यसले काम गर्दै आएका छौं । यसै गरी हामीले अहिले उपलब्ध गराउँर्दै आएको शिक्षा धेरै भन्दा धेरै ग्रामीण स्तरका समूह समूदायका सदस्यहरुले हासिल गरेका छन् । यस स्कूलको एउटा विशेषता रहेको छ, जुन निजीस्तरमा संचालनमा रहेको स्कुलहरुमा उपलब्ध हुने बिद्यार्थीहरुको सुविधा यस स्कूलले पनी न्युनतम शुल्कमा उपलब्ध गराउन सफल भएका छौं । यसकारण यस स्कुलमा अध्ययन गरीरहेका बालबच्चा विद्यार्थीहरु लगायत अभिभावकहरु सन्तुष्टी रहेको पाएका छौं । यसरी संचालनमा आईरहेको यस स्कूलको प्रबद्र्धनको लागि यहाँ कार्यरत शिक्षक, शिक्षिकाहरुको सक्रियता र व्यवस्थापन समिती र अभिभावकहरुको सहयोगमा अझ थप सुविधा प्रदान गर्न नयाँ नयाँ प्रविधीको अवलम्वन गर्दै अगाडी बढाउने अभियानमा लागिरहेका छौं । यसको लागि सम्पूर्ण बुंगमतीवासी समूह समूदायका सदस्यज्युहरु, अभिभावकज्यूहरुको सक्रिय सहयोग र सहभागीताको अपेक्षा लिएको बताउनु भयो ।


यसै गरी स्कुलका हेडमास्टर तथा प्रिन्सीपल सैसव किरण श्रेष्ठ भन्नु हुन्छ विद्यालय एउटा मन्दिर हो । विद्यालय सरकारी, निजी र सामूदायिक जुन भएपनी विद्यालय नै हो । तर फरक यती छ की यसमा पढाईने विद्यार्थीहरुको पढाईको स्तर, सुविधा र प्रविधीको बारेमा जान्न जरुरी हुन्छ । मेरो अनुभवमा यो स्कुल समुह समुदायका सदस्यहरुको प्रत्यक्ष निगरानीमा संचालन भईरहेको स्कूल हो । यसमा गर्ने गरिएको हरेक शैक्षिक गतिविधी र गरिने क्रियाकलापहरुमा हामीले अभिभावकहरु स्वयमलाई नै सहभागी गराउँछौं र वहाँहरुकै सर–सल्लाहबाट अगाडी बढी रहेका छौं । यस स्कुलको यो एउटा विशेषता रहेको छ । समस्या, उन्नती र प्रगतीको बारेमा हामी बिच छलफल हुन्छ छलफलबाट हामीले एउटा निचोड निकाल्छौं यस पछि समस्याको समाधान गरेर अगाडी बढीरहेका छौं । यहाँ मैले भन्नु भन्दा पनी धेरै कुराहरु यस स्कूलका व्यवस्थापन समितीका अध्यक्षज्यूले भनी सक्नु भएको छ । अभिभावक र स्कुल व्यवस्थापन समतिीले गरेको निर्णय कार्यान्वयन गर्न सफल भएको छु ।

प्रिन्सिपल सैसव किरण श्रेष्ठ

आगामी दिनहरुमा पनी यसै गरी सहयोग र सहभागीताको लागि आशा लिएको कुरा बताउनु भयो ।
विद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार नर्सरीदेखि कक्षा १० सम्म जम्मा विद्यार्थी संख्या २२४ जना रहेको छ । यसै गरी ७ जना शिक्षक र २० जना शिक्षीका गरी कुल २७ जना शिक्षक, शिक्षिकाहरु रहेका छन् । यसै गरी स्कुल संचालनमा सहयोग गर्ने अभिप्रायले सहकारीले होमस्टे पनी संचालन गर्दै आईरहेको छ ।


समूह समूदायका सदस्यहरुको प्रत्यक्ष सहभागी र निगरानीमा संचालन भएको यस त्रिरत्न सहकारी विद्यालय नेपालकै एक नमूना सहकारी विद्यालयहरु मध्ये एक विद्यालयको रुपमा संस्थागत हुर्दै संचालनमा आएको व्यहोरा सम्वन्धीत सवै सरोकारवालाहरुको जानकारीको लागि अनुरोध छ ।

बुंगमती

Written by 

Related posts

Leave a Comment