बाँपीझ्याला, काठमाण्डौं । गायक महेश भण्डारी र गायिका स्मिता दाहालको स्वर, दिपक आचार्यको शब्द तथा संगीतमा तयार भएको ‘ए काली भागौं यसपाली’ गीतको भिडियो तयार भएको छ । यो गीतको भिडियोमा हाँस्य कलाकार केदार घिमिरे र नायिका वर्षा राउतको अभिनय हेर्न सकिन्छ ।
भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन छ । भिडियोको निर्देशन दिपकप्रसाद आचार्यले गरेका हुन् । यो भिडियोलाई दिपकले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।