Search

आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी

आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी

बाँपीझ्याला, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने तयारी छ । विद्यालय बन्द गर्ने कि खोल्नेबारे भोलि मात्रै थाहा हुने काठमाडौँ महानगरपालिका अन्तर्गत शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए ।

कोभिड १९ ले १४ जिल्ला अति प्रभावित भएको र त्यसमा पनि बालबालिकाको संक्रमित दर बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न पुनः आग्रह गरिसकेको छ । मन्त्रालयले अतिप्रभावित सहरी क्षेत्रका विद्यालय बन्द नभए लकडाउन गरिने चुनौती समेत दिइसकेको छ ।

अभिभावक संघहरु विद्यालय बन्द गर्नुपर्छ र संस्थागत विद्यालयका प्रतिनिधि विद्यालय खोल्नुपर्छ भन्ने दुवै प्रकारका प्रतिक्रिया आएकाले एक प्रकारको नोटिस जारी गरिने उनले बताए ।

प्रमुख सुवेदीले भने, “स्वास्थ्य संवेदनशील विषय हो । यसलाई सबैले प्राथमिकतामा राखेका छौँ । परिस्थितिअनुसार निर्णय गर्छौँ ।”

तर महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने शिक्षा मन्त्रालयले विद्यालयबारे सीसीएमसीमा रिपोर्ट पठाइसकेको र त्यो मन्त्रिपरिषद्मा सो विवरण प्रस्तुत गरेपछि मन्त्रिपरिषद्को निर्णय आएपछि विद्यालय समितिको बैठक बसेर विद्यालय बन्द या खुल्ला गर्नेबारे निर्णय गर्ने बताए । भोलि बिहान ९ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

यता अभिभावक संघका अध्यक्ष केशव पुरी राज्यको गैरजिम्मेवारपनाले आम नागरिक पिल्सिनु परेको सुनाउँछन् । उनले भने, “स्वास्थ्य मन्त्रालयले दोहो¥याई तेह¥याई विद्यालय बन्द गर्न सिफारिस गरिरहँदा पनि सरकार केही निर्णय लिन सक्दैन । सरकार कसलाई फाइदा पु¥याउन चाहन्छ, म बुझ्न सक्दिन ।” हालको अवस्थामा स्वास्थ्य मन्त्रालय भरपर्दो माध्यम भएकाले उसले जारी गरेको सूचनालाई शिक्षा मन्त्रालय र सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

ललितपुरको शिक्षा विभागले भने अभिभावक संघसँग छलफल गरेको र कोभिड १९ लागेका विद्यालय मात्र बन्द गर्ने कि भन्नेबारे छलफल भएको अध्यक्ष पुरीले सुनाए ।

यस्तै, उनले सीमा नाका खुला रहने, भारतबाट आउने नागरिकलाई कोभिड १९ को परिक्षण नगर्ने र सभा सम्मेलन गरिरहँदा नागरिकको ज्यान झनै जोखिममा रहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुँदाहुँदै स्वास्थ्य मन्त्रालयले भन्दैमा विद्यालय बन्द गर्न नसकिने बताए ।

“शिक्षा मन्त्रालय हाम्रो अभिभावक संस्था भएकोले उसले नबोलेसम्म हामीले आफूखुशी निर्णय गर्न मिल्दैन,” उनले भने, “अन्तरमन्त्रालयबीच सिफारिस हुनुप¥यो । सबैबाट एउटै निर्णय आउनुपर्यो ।”

यस्तै, उनले विद्यालय बन्द गर्ने कि खोल्ने भन्नेमा अभिभावकबीच नै मतभेद रहेकाले विद्यालय बन्द गर्ने तर अन्य क्षेत्रमा लापारबाही गरिरहँदा कोभिड १९ नियन्त्रण नहुने बताए ।

Written by 

Related posts

Leave a Comment