बाँपीझ्याला, काठमाण्डों । पोखरामा बिहीबार ५ बजेर ५० मिनेट जाँदा भएको अध्यारो भएकाे छ । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ। तुवालोको कारण भिजिविलीटी कम हुँदा नियमित उडान हुनु पर्ने जहाज पनि उडेका छैनन्।
वायु प्रदूषणका कारण बिहीबार पोखरा दिउँसै अध्यारो भएको छ। पाँच नबज्दै पोखरा अध्यारो भएको हो। बिहीवार पोखराबाट उडान हुने र अवतरण हुने कुनै पनि जहाज भिजिविलीटक कम हुँदा उडेनन्।
सामान्य अवस्थामा नियमित पोखराबाट २५ उडान हुन्थ्यो। बिहीबार भिजिविलीटी कम हुँदा कुनै पनि उडान नभएको पोखरा विमानस्थलका सूचना अधिकारी देवेन्द्र सुवेलीले बताए।
जहाज उडान हुन भिजिविलीटी ५ हजार हुनु पर्छ। पोखरामा बिहीबार ३ हजार भिजिविलिटी सम्म भयो। त्यसपछि १५ सयमा पुगेर रोकिएको सुवेदीले बताए।
पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचांकांकमा वायु गुणस्तर वैशाख १ गते २४ घण्टामा १८०, गण्डकी बोडिङ पोखराको वायु गुणस्तर सुचाकांकमा वायु गुणस्तर १८२ देखिएको छ।
सबै सहरका वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक अवस्थाको छ। २०७८ को वैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाइन एयर क्यालिटी मनिटरिङको रिपोटमा देखिएको छ ।