Search

नयाँ वर्षको अवसर संगै हनुमन्तेश्वरलाई पर्यटन क्षेत्र घोषणा

नयाँ वर्षको अवसर संगै हनुमन्तेश्वरलाई पर्यटन क्षेत्र घोषणा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नयाँ बर्ष २०७८ को विशेष अवसर पारेर “समृद्धिका लागि पर्यटन“ भन्ने मुल नाराका साथ हनुमन्तेश्वरलाई पर्यटन क्षेत्र घोषणा गरेको छ । स्थानीय हनुमन्तेश्वर पर्यटन पुर्वाधार बिकास तथा मेला आयोजना समितीका अध्यक्ष केश बहादुर तमाङको अध्यक्षतामा भएको घोषणा तथा मेला समारोहको कार्यक्रमकामा दोलखा जिल्लाका बागमती प्रदेश साँसद पशुपति चौलागाईं र साँसद विशाल खड्काले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।्

उक्त कार्यक्रममा हनुमन्तेश्वर पर्यटन क्षेत्र बोर्ड उद्घघाटन, हनुमानको मुर्ती अनावरण, हनुमन्तेश्वर मन्दिर पुजा, दर्शन, शुभकामना आदान प्रदान तथा झाँक्री प्रदर्शन, नृत्य तथा दोहोरी गित सहितको कार्यक्रम गरिएको थियो ।

मेला करीब ५ हजारले अवलोकन गरेको हनुमन्तेश्वर पर्यटन पुर्वाधार बिकास तथा मेला आयोजना समितीका सचिव तेन्जिङ शेर्पाले बताउनुभयो । जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाको संगम स्थलको रुपमा रहेको उक्त हनुमन्ते डाँडा ३ हजार मिटरको उचाइमा अवस्थित अवस्थीत रहेको छ ।

कार्यक्रममा रसा बाट अध्ययन गरेर फर्कनु भएका इन्जिनियर र डाक्टर हरुको मित्र कुन्ज समाज नामक संस्थाका सदस्यहरुको संलग्नतामा हनुमन्ते तथा त्यस क्षेत्रको बिकासका लागि हनुमन्ते होल्डिङ कम्पनी स्थापना गरि करिव एकशय रोपनी जग्गा खरिद गरि सकेको र सो स्थानमा एकशय ग्रीन कटेज निर्माण गर्ने योजना रहेको समेत सार्वजनिक गरिएको छ ।

करिव ८ शय पर्यटक एकसाथ बस्ने ब्यबस्थापन क्षमता हुने योजना रहेको मित्र कुञ्जका अध्यक्ष ध्रुव महर्जनले बताउनु भयो । साथै विशेषज्ञ टोलीको त्यस क्षेत्रमा रहेको जडिबुटीको संभावना अध्ययन गर्ने पनि समेत बताईएको छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद विशाल खड्काले हनुमन्तेमा पर्यटक आउन शुरुवात भएकोले पर्यटक लाई खाली हात नफर्काउन स्थानीय अर्गानिक उत्पादनमा ध्यान दिन पनी आग्रह गर्नुभयो । यसै गरी सांसद पशुपति चौलागाईंले त्यस क्षेत्र लाई रामायण संक्रीट भित्र राख्न जोड दिनुभएको छ ।


साथै हनुमन्ते जिरी, वैतेश्वर र गौरीशंकर तीनै स्थानीय तहको साझा स्थल भएको र हिन्दु, बौद्ध दुबै धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले निर्बाध यसको बिकास गर्नुपर्ने समेत बताउनु भयो ।
कार्यक्रममा ख्यातीप्राप्त एवं वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, उद्योग वाणिज्य महासंघ जिरीका अध्यक्ष गेल्बु शेर्पा, पत्रकार लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment