Search

माधवमणि मणि नै हुन्

माधवमणि मणि नै हुन्

नयाँ बर्षको २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना सहित समाजसेवी तथा द्वाल्खा गुठीका निबर्तमान अध्यक्ष माधवमणी राजभण्डारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

अमर कुमार प्रधान

२०७६ साल बैशाख २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा दोलखाका समाजसेवी, राजनीतिज्ञ, उद्योगपति माधवमणि राजभण्डारीको भव्य नागरिक अभिनन्दन समारोह सम्पन्न भयो । द्वाल्खा गुठीको संयोजन सक्रिय आयोजनामा कालिञ्चोक युवा क्लव, बनारसी सहयोगी हातहरु, द्वाल्खा म्यासमुचा खलक, साथीको लागि साथी, लायन्स क्लव अफ दोलखा लगाएतका संघ–संस्थाहरुको सहभागीतामा द्वाल्खा गुठीका निबर्तमान अध्यक्ष माधवमणि राजभण्डारीलाई अभिनन्दन गरिएको थियो ।

उक्त अभिनन्दन समारोहमा वहाँको कृतिहरु र व्यक्तित्व प्रकाश पार्दै करिव १५ मिनेटको बृत्तचित्र देखाईएको थियो । जसको निर्देशन बरिष्ठ कलाकार मदनदास श्रेष्ठले गर्नु भएको थियो । यसै गरी लेखन हामी दुई (अमर कुमार प्रधान र प्रबिण प्रधान) र सल्लाहकार सम्पादन प्राध्यापक डा. हरिदर्शन श्रेष्ठले गर्नु भएको थियो । जसमा कलाकार पुष्कर गुरुङको पनी सहभागीता रहेको थियो ।

द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथी दोलखाका बयोबृद्ध जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठ (समाजसेवी, उद्योगपती लक्ष्मण श्रेष्ठका पिता) हुनु हुन्थ्यौ । सभाकक्षमा दोलखावासी, दोलखा भन्दा बाहिरका शुभच्छेकहरुको टनाटन सहभागीता रहेको थियो । सबैका आँखामा माधवमणि राजभण्डारी प्रति सम्मान र हद्यमा उहाँको स्वास्थ्य प्रति चिन्ता र शुभकामना थियो । द्वाल्खा गुठीका महासचिव उपेन्द्र प्रधानले संचालन गर्नु भएको उक्त समारोहमा प्रमुख अतिथीद्वारा अभिनन्दनपत्र ग्रहण गर्नु अघि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले अभिनन्दनपत्र भावपूर्ण वाचन गर्नु भएको थियो ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठ, माधवमणी राजभण्डारी, वहाँको धर्मपत्नी सरला राजभण्डारी, द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठ, भी.न.पा वडा नं. २ का अध्यक्ष विराजमान श्रेष्ठ र द्वाल्खा गुठीका स्थानिय संयोजक राकेश श्रेष्ठ ।

यसै गरी कार्यक्रममा स्वागत कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्केले गर्न भएको थियो भने उपस्थित महानुभावहरुलाई धन्यवाद द्वाल्खा म्यासमुचा खलकका सल्लाहकार सकुना श्रेष्ठले व्यक्त गर्नु भएको थियो । यसै गरी कार्यक्रमका प्रमुख व्यक्तित्व माधवमणी राजभण्डारी र प्रमुख अतिथी अतिथीलाई खाता तथा माला वितरण द्वाल्खा म्यासमुचा खलकको तर्फबाट कलावती श्रेष्ठ र सविना मानन्धरले गरेको थियो । अन्य व्यवस्थापन साथीको लागि साथी संस्थाको तर्फबाट मनोज चाकुबजीले गर्नु भएको थियो ।

अभिनन्दन व्यक्तित्व माधवमणी राजभण्डारीले स–परिवार उपस्थित भई आफुप्रतिको श्रद्धा र सम्मानको लागि कृतज्ञता व्यक्त गर्नु भयो ।


म चाही मैले चिने जाने सम्मको माधवमणि राजभण्डारीज्यूको व्यक्तित्व र कृतिहरु स्मरण गर्दे थिए । वि.सं. २०२३ साल फाल्गुण तिर होला उहाँ स्वयम सेवक शिक्षकका रुपमा भीम हाईस्कुल हाल भीम माध्यमिक विद्यालयमा सेवारत हुनु हुन्थ्यौ । वहाँका पिता स्वर्गिय ईन्द्रमणि राजभण्डारी समाजसेवी र सफल व्यवसायी हुनु हुन्थ्यौ ।

आमा विष्णु कुमारी राजभण्डारीको जेष्ठ सुपुत्रको रुपमा उहाँ २००३ साल पुष ७ गते जन्मनु भएको थियो । केही बर्ष पछि बहिनी सुभद्रा श्रेष्ठको जन्म भयो । अलि पछि दोलखा माईती भएकी आमा हुदाँ हुर्दै पनि ईन्द्रमणि राजभण्डारी विरानगर भंसार कार्यालयमा जागिरे हुदाँ उतै टंककुमारी राजभण्डारीसंग विहे गर्नु भयो । स्मरणीय छ, टंक कुमारी राजभण्डारीबाट दुई जुम्ल्याहा पुत्रहरु दिव्यमणि राजभण्डारी, दिपमणि राजभण्डारी, छोरीहरु मुना लाकौल, उषा कक्षपति, उदया राजभण्डारी हुनु हुन्छ ।

कालान्तरमा टंककुमारी राजभण्डारी द्वाल्खा गुठीको अध्यक्ष पनि हुनु भयो । भीम हाईस्कुल त्यो बेला पब्लिक स्कुल थियो । जुन त्यहाँ अध्ययनरत विद्यार्थीहरुको मासिक फि, जनताको चन्दा, सरकारले स्तर तोकी एकमुष्ठ दिने थोरै अनुदानबाट चल्दथ्यौ । यतिबेला शिक्षक पाउन गाहे पाएपनी भनेको तलव जुटाएर दिन हम्मे हम्मे पर्दथ्यौ । त्यतिवेला स्कुलको संचालक समिती दोलखामा खड्ग बहादुर श्रेष्ठ, गेहेन्द्र बहादुर श्रेष्ठ, भरतबहादुर श्रेष्ठ, दानबहादुर श्रेष्ठ, नन्द कुमार श्रेष्ठ र ज्ञान बहादुर प्रधान आलोपालो हुन्थ्यौ ।

अभिनन्दन कार्यक्रममा समाजसेवी माधवमणी राजभण्डारी र वहाँको धर्मपत्नी सरला राजभण्डारी

यता राजधानीमा उपसमितीमा ईन्द्रमणि राजभण्डारीको नेतृत्वमा अम्वर बहादुर प्रधान, गोविन्दमान सिंह आदी हुनु हुन्थ्यौ । म नौ कक्षासम्म धुलिखेल स्कुलमा पढ्दा स्कुल त्यसमाथि पब्लिक कसरी चल्छ भन्ने त्यती राम्रो बोध भएन । तर दोलखामा बिद्यार्थी कम (२०२४ जेष्ठमा अर्धबार्षिक परिक्षा जस्मा ४५ जना थिए) शिक्षक भने ६ कक्षादेखि १० कक्षासम्म बिषयगत पढाउदै पर्ने समस्या थियो ।

यस्तो बेला स्वयमसेवक शिक्षकले उनिहरुको अनुकुलताले कलास लिई दिए पनि भरथेग हुन्थ्यौ । यही क्रममा गहुँगोरो, अग्लो शालीन व्यक्ति देखिने तन्नेरी युवक माधवमणि राजभण्डारी स्वयमसेवक शिक्षक भई आउँदा हामीलाई रमाईलो लागेको थियो । त्यो बेला प्रधानध्यापक भीमदत्त राई, सहायक प्रधानध्यापक आई बि योञ्जन, अर्का शिक्षक श्याम जोशी (प्रा.डा), भीमेश्वर पार्टीमा बस्नु हुने नेपाली र संस्कृती पढाउनु हुने नारायण गिरी हुनु हुन्थ्यौ ।


२०२४ बैशाख लागेपछी हेडमास्टर भीमदत्त राई र अ.हे.मा. आइ वि योन्जन दुवैले अचानक विद्यालय छोडे । अज्ञात भए । संचालक समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठले तत्कालको लागी माधवमणि राजभण्डारीलाई कामु हेडमास्टर बनाएर स्कुल संचालन गर्नु भयो । त्यो बेला माधवमणि राजभण्डारीले आई.ए.पास गरि सक्नु भएको थियो । ईन्द्रमणि राजभण्डारीले बरिष्ठ साहित्यकार श्याम प्रसाद शर्मालाई छोराहरुको ट्युसन मास्टर राखि दिनु भएको थियो ।


ईन्द्रमणि राजभण्डारीले गुरु भेटी स्वरुप श्याम प्रसाद शर्मा लिखित निबन्ध संग्रह “तँ, तिमी, तपाईँ, हजुर” प्रकाशित गरी दिनु भएको थियो । यो पुस्तक नेपाली साहित्यमा रुचिकर र पाठ्य पुस्तक मै छ । माधवमणि राजभण्डारीको सहज, सरल सुबोध हुनु हुन्थ्यौ । उहाँले अंग्रेजी कविता लुसी ग्रे पढाउँदा यसका कवि विलियम वडेँसवर्थ नै प्रकट भए जस्तो लाग्दथ्यौ ।

त्यही बेला वहाँको जिवनमा अर्को मोड आयो । उहाँले आफ्नो एकल निर्णयले नै होला दोलखा छोवो टोलकी रेशम श्रेष्ठसँग विहे गर्नु भयो । विना भोज भतियार गरिएको गन्धर्व विवाह उहाँको परिवारलाई सुपाच्य भएन । तर गरिसकेपछी त्यसमा अडिरहने साहस देखाउनु भयो । हुन पनी दोलखामा हालसम्म पनि कहावत छ, बिहे गर्न सजिलो छ भगाएर लगे हुन्छ । पछि भित्याउदा सगुन दिए पुग्छ । मर्दाचाही मलामी गनेर भोज खुवाउनु पर्छ । माधवमणि राजभण्डारीले यही फर्मुला अपनाउनु भयो । जेठमा अर्धवार्षिक परिक्षा पछि विद्यालय असार र साउन २ महिने बर्से विदा भयो ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा प्रमुख अतिथी जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठ, प्रमुख व्यक्तित्व माधवमणी राजभण्डारी, वहाँको धर्मपत्नी सरला राजभण्डारी, द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठ, भी.न.पा वडा नं. २ का अध्यक्ष विराजमान श्रेष्ठज्युलाई खाता लगाई दिने क्रममा द्वाल्खा म्यासमुचा खलकको तर्फबाट कला श्रेष्ठ, सविना मानन्धर र साथीको साथीको तर्फबाट मनोज चाकुबाजी ।

माधवमणि राजभण्डारी श्रीमती रेशम श्रेष्ठ राजभण्डारीलाई लिई राजधानी आउनु भयो । बुबा ईन्द्रमणीले दोलखामा राखेर झन बिग्रन्छ भनी जापान पठाई दिनु भयो । त्यो बेला उहाँको कम्पनी नेपाल कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.लि.ले एजेन्सी प्राप्त गरेको थियो । जापानबाट फर्केपछी आफ्नो बाँकी अध्ययन पुरा गर्ने क्रममा एम.ए. सम्म पढाई अर्थशास्त्र लिएर गर्नु भयो । यसपछी भीम हाईस्कुललाई नै प्राथमिकतामा राखी काठमाण्डौं उपत्यकामा बसी रहेका युवाहरुको एकचित संस्थाको रुपमा द्वारिकामान सिंहको अध्यक्षतामा २०२६ बैशाख १८ गते कालिञ्चोक युवा क्लवको गठन भयो ।

उक्त क्लवको सामाजिक सेवा गर्ने लक्ष्य पुरा गर्न अग्रसर माधवमणि राजभण्डारी २ पटक लगातार २०२७/०३/२० र २०२९/०४/०१ देखि अनी २०३१/०७ देखि २०३३/०५/०५ सम्म गरी ३ पटक अध्यक्षभई अध्ययन रोजगार आदी बिबिध कारणले काठमाण्डौं उपत्यकामा रहने दोलखाली युवाहरुलाई परिचालित गरी स्कुललाई सहयोग, आँखा पत्रिका दोश्रो अंकदेखि प्रकाशनको दायित्व जिम्मेवारी, नेत्रदान शिविर संचालन आदी कार्य गर्नु भयो ।

२०२६ सालको बडादशैमा तत्कालिन प्र.अ. मेघराज कोईरालाले एकशय जना विद्यार्थीबाट रु. ५ संकलन गरी पहिलो अंक आँखा प्रकाशन भएपछी बन्द भएकोले यसको निरन्तरताको लागि दोश्रो अंक देखि क्लवले जिम्मा लियो ।


चौथौ अङ्क आवरण रंगीन आवरण कलकतामा छपाई ग्लेमर साहित्यीक पत्रिकाको रुपमा निस्केको थियो । स्मरणिय छ भारतिय शिखर अभिनेता देवानन्द हरेराम हरेकृष्ण चलचित्र बनाउन नेपाल आएको बेलामा उनि संगको अन्र्तबार्तालाई आँखाले पुर्णाङ्क ३ मा समेटेको थियो । आँखाको तेश्रो अंङ्क बडादशैमा प्रकाशन गरी दोलखा लैजाने प्रसंगमा झट्ट पैसा तिर्न नहुदा माधवमणि राजभण्डारीले आफ्नो हातको घडि बन्दक राखी निकालेको कुरा अझैपनी मिथक जस्तो छ । यसको साछी बरिष्ठ कलाकार मदनदास श्रेष्ठ हुनु हुन्छ ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा सहभागी दोलखावासी तथा शुभचिन्तकहरु


२०३० सालमा समाजसेवी उद्योगपति आदरनिय स्वर्गिय ईन्द्रमणी राजभण्डारी ४९ बर्षको उमेरमा फोक्सोको क्यान्सरबाट स्वर्गारोहण भएपछी जेष्ठ पुत्रको नाताले सबै अभिभारा उहाँको शिरमाथि प¥यौ । तैपनी विचलित नभई आफ्ना दुई आमा, दुई भाई, चार बहिनीहरुलाई ढाडस दिई परिस्थिती सम्हाल्नु भयो । केही पछि न्यायोचित अंशवण्डा गराई भाइ, विमातालाई आफ्नो खुट्टामा टेक्ने बनाउनु भयो नै आफुले पनि बन्द व्यापार व्यवसाय गर्दै, समाजसेवा र राजनिती समेत गर्नु भयो ।

बिद्यार्थी कालमै गौरीशंकर छात्र युनियन जसमा जनकपुर अञ्चल र बागमती अञ्चलका प्रजातन्त्र विचारधाराका विधार्थीहरु संग सक्रिय हुनु भयो । २०१७ सालको राजा महेन्द्रले गरेको प्रजातन्त्र समाप्त पारी निर्दलिय व्यवस्था लादेको कुरालाई बुझेका विद्यार्थीहरुलाई गोलवन्द गरी गौरीशंकर छात्र युनियनमा समेट्ने प्रयास हुर्दै गर्दा पञ्चायती शासकले सफल हुन दिएन । माधवमणि राजभण्डारी नेपाल उद्योग वाणिज्य संघको महा–सचिव भई २०३३ साल देखि २०३८ सालसम्म युरोपका मुलुकहरुको भ्रमण गर्नु भएको थियो ।

लाईन्स क्लव अफ ईन्टरनेशनलको निमन्त्रणामा सन् १९७९ मा अमेरिकामा सम्मेलनमा भाग लिई विश्व भ्रमण गरेको यसै गरी सन् १९९० मा अष्ट्रेलियाको मेलवर्न सम्मेलनमा सहभागी हुनु भई अनुभव र ज्ञानको क्षितिज फराकिलो पार्नु भयो । यसै गरी नेपाल उद्योग वाणिज्य संघको महासचिवकै हैसियतमा २०३६ सालमा नेपाली वाणिज्य व्यवसायीहरुको प्रतिनिधी मण्डलको नेतृत्व गरी चीनको बेजिङ्ग भ्रमण गरेको र अन्तर्राष्ट्रिय चेम्वर अफ कमर्सको निमन्त्रणामा फिलिपिन्सको मनिलामा गएको तथा सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिन जापान दोश्रो पटक जानु भएको थियो ।

आफ्नो छोरा देश विदेश कार्य विशेष व्यस्त रहन्दा बुहारी रेशमबाट सासु विष्णुकुमारीको राम्रो हेरचाह नभएको गुनासो मेट्न नै माधवमणि राजभण्डारीले दोश्रो पटक प्रेम विवाह वा गन्धर्व विवाह गरी सरला कर्माचार्य संग २०३३ सालमा घर भि¥याउनु भयो । रेशम राजभण्डारीबाट पैदा भएको दुई सन्तान मध्य १ छोरा विरामी भएको कारण १२–१३ बर्षको उमेरमा स्वर्गारोहण भयो । छोरी मोनिकालाई लालन पालन गरी आफ्नो दायित्वमा हुर्काउनु भयो । साथै शिक्षा दिक्षा दिलाउनु भयो । यद्यपी जेठी श्रीमती रेशम राजभण्डारीको ईच्छा अनुसार पारपाचुके दिई ललितपुर मानभवन स्थित घर सुम्पनु भयो ।

आफु ठमेलमा पुरानो घर किनी कान्छी श्रीमती सरला राजभण्डारीसंग गृहस्थी विताउनु भयो । सरला राजभण्डारीबाट दुई छोरी माला राजभण्डारी, तृप्ती राजभण्डारी र छोरा नितिनमणि राजभण्डारी (पुत्र बधु डा. स्मीता श्रेष्ठ राजभण्डारी) पैदा भई हुर्केका छन् । जे जस्तो परिस्थिती होस् रेशम राजभण्डारी र सरला राजभण्डारीहरुले माधवमणि राजभण्डारीलाई सामाजिक क्षेत्र, व्यवसाय, राजनितीमा कृत सकल्प हुन बाधा हैन सघाउने नै गरे र गरिरहेका छन् । २०७५ सालमा जेठी श्रीमती रेशम राजभण्डारीको निधन भयो ।

वहाँको उपचारदेखि अन्त्येष्टी कर्मसम्मको खर्च माधवमणि राजभण्डारीको तर्फबाट सरला राजभण्डारीले नै सम्पन्न गराई दिनु भयो । जेठी छोरी मोनीकाले आफैले हुर्काएको पढाएको यी सव हुदा हुर्दै पनि बाबु र दुई आमालाई केहि नबताई सट्ट बुटवलको सञ्जय प्रधान संग आकस्मिक विहे गरे । धोका दिएको तुस भएपनी त्यसलाई स्थायी चोटको रुपमा लिनु भएन माधवमणि राजभण्डारी र वहाँको परिवारले । ठमेलको पुरानो घर भत्काई नयाँ बनाई होटेल एम.एम.. ईन्टरनेशनल चलाई आफुपनी होटेल माथिकै तल्लामा श्रीमती सरला राजभण्डारी र परिवारका साथ बस्नु भयो ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा सहभागी दोलखावासी तथा शुभचिन्तकहरु

वहाँको बुबा ईन्द्रमणीको सुवर्ण शम्सेर जस्ता नेपाली काँग्रेसका नेताहरु संग सुपरिचित व्यक्तित्व हुनाले २०१५ सालको आमनिर्बाचन देखिनै काँग्रेसको भूमीका र राजा महेन्द्रले २०१७ सालमा निरंकुश व्यवस्था लादी जननिर्वाचित प्रथम प्रधानमन्त्री वि.पि. कोईराला, गणेशमान सिहं, कृष्ण प्रसाद भट्टराई आदीलाई जेल हालेको याद घटना, परिघटना माधवमणि राजभण्डारीले बिस्तारै बुझ्नु भयो ।

गौरीशंकर छात्र विघठन भएपछी प्रजातन्त्रवादीहरुले नेपाल बिद्यार्थी संघको स्थापना गरे । २०१७ साल पुष १ गतेदेखी दलमाथी प्रतिबन्ध लागेपछी उहाँ भित्र भित्रै काँग्रेस निकट सदस्य भएर अघि बढ्नु भयो । आफु सक्दो काँग्रेस पक्षधर नेता कार्यकर्ता सबैलाई तन, मन र धनले जिवनभर सघाई रहनु भएको थियो । राजधानी पत्रिकाको सम्पादक आङदोर्जे लामा काँग्रेसका साधु नेता भीम बहादुर तामाङलाई माधवमणि राजभण्डारी मार्फत मैले पनी राम्रै चिन्ने मौका पाएँ । लामा एअरवेजको बिमान दुर्घटनामा परेर विते पछिको सस्मरणः दाई संग वियर खाउँला, साँग्रिला पूर्णाङ्क २७ र सम्झनामा भीमदाई “आँखा पुर्णाङ्क १९” ।


राजा वीरेन्द्रले विद्यार्थी आन्दोलन मत्थर गर्न २०३६ सालमा जनमत सँग्रह घोषणा गरे । माधवमणि राजभण्डारी बहुदलको नेता भई नेतृत्व गर्नु भयो । हामीहरु वहाँको अनुगामी २०३७ साल बैशाख २० गते जनमत सँग्रहमा बहुदललाई हराएको नतिजा आयो । (लौह पुरुष गणेशमान सिहंले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी आदीले धाँधली गरी जनमतको नतिजा निक्लेको भनी अमान्य भने पनी सान्दाइ (विश्वेश्वर प्रसाद कोईराला) ले ४६ प्रतिशत बहुदल नतिजा पनी प्रतिबद्ध मतले भनी स्विकार भयो । (हेनु होस् मेरो कथा शान्ति क्रान्ती अमरका कथाहरु)


२०३९ श्रावण ६ गते सान्दाइको निधन भयो । उहाँको स्वर्गारोहण अघि भोला चटर्जी (भारतिय पत्रकार) संग अन्तिम अन्तर्वाता नेपाली, अंग्रेजी, हिन्दी तिनवटै भाषामा छपाई वितरण माधवमणि राजभण्डारीले गर्नु भएको थियो । स्मरणिय छ पूर्व प्रधानमन्त्रीको निधन भएमा राष्ट्रिय शोक विदा दिनु पर्ला भनेर तत्कालिन प्र्रधानमन्त्री सुर्य बहादुर थापाले हत्तपत्त शोक दिवशपनी नमनाउने विदा पनी नदिने निर्णय गराएको थियो । यसै गरी २००७ सालको क्रान्ती पुरुष, २०१५ सालको जननिर्वाचित प्रथम प्रधानमन्त्री सान्दाईको के अपराध थियो र उपचारको लागि राहदानीसम्म नदिने पञ्च सरकारले गरेपछी पनि उदारता दर्शाउन सकेन । राजा वीरेन्द्रले शोक सन्देश दिए पनि “हामीलाई दुःख लागेको छ, तर अनुहार भाषा थपे हरेक नेपाली मर्दा दुःख लाग्नु स्वभाविक हो । हुनत पञ्चायती सरकारले वि.पि. लगाएत सवैलाई ८ बर्ष नख्खु जेलमा राख्यो । पुष्पलाललाई निर्वासनमा वित्न बाध्य ग¥यौ ।


पुष्पलालको लाश स्वदेश ल्याउन त परै जावस् दाहसंस्कार गरे पछी “खरानी” को “अस्तु” विसर्जन ल्याउछ भनेर त्रिभुवन विमानस्थलमा कडा निगरानी गरेको पनी थियो । गोप्य रुपमा त्यो अस्तु रेल र गाडीबाट चुपचाप ल्याउन परेको थियो । अँ त म भन्दै थिए, सान्दाईको निधन वहाँको भाई तारिणी प्रसाद कोईराला निवासमा भएको थियो । निधनको समाचार सुन्ने वितिकै भीम बहादुर तामाङ, माधवमणि राजभण्डारी लगाएत हामीहरु विहानै पुग्दा सुर्य बहादुर थापा फूल लिएर पुगेका थिए ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिने क्रममा द्वाल्खा म्यासमुचा खलकको तर्फबाट समाजसेवी सकुना श्रेष्ठ ।

दिउँसो सान्दाई (वि.पि. काईरालाको) शवयात्रा, स्वस्फुर्त रुपमा भयो । नगरपिता कमल चित्रकारको अगुवाईमा टोलटोलबाट विशाल जुलुस निस्केर शहर परिक्रमा गरी पशुपती आर्यघाटमा लैजादा काँग्रेसको ४ तारे झण्डाले बेरिएका शव राखिएको फुलै फुलले सिंगारेको भ्यानमा भारतबाट आउनु भएका पूर्व प्रधानमन्त्री चन्द्र शेखर र नेपालको तर्फबाट माधवमणि राजभण्डारी दुई जना मात्र रहनु भएको थियो । यसबाट वहाँको उच्च व्यक्तित्वको सम्मान नेपाली काँग्रेसले त्यो बेला प्र. राखी लेख्न छुट भएको थियो ।

२०४२ सालमा प्र. नेपाली काँग्रेसले सत्याग्रह ग¥योः जेल जाने आन्दोलन । तर हिंसा भएमा हामी जिम्मेवार पार्टीको हिसावले रोक्छौ भन्ने गिरिजा बाबु उक्ती थियो । नभन्दै काठमाण्डौंको राष्ट्रिय पञ्चायत, होटेल अन्नपूर्णमा बम पडकाई जनधनको क्षति भएपछी सत्याग्रह फिर्ता भयो । स्याल पनी कराउनु कुखुरा पनी हराउनु झैं काँग्रेस सत्याग्रह तोडाउन तत्कालिन गृहमन्त्रीले भारतमा निर्वाचित रामराजा प्रसाद सिंह साँठगाँठ गरेका थिए रे । किनकी त्यसपछी बम र बारुद माओवादी चम्केपछी मात्र भयो ।

एकातिर निर्दलिय पञ्चायती व्यवस्थाको रजत जयन्ती मनाईंर्दै थियो । अर्कातिर २०३४ सालमा नेपाली काँग्रेसको गोप्य सदस्यता लिई सक्नु भएका माधवमणि राजभण्डारीले २०३८ सालमा सुधारिएको पञ्चायतको प्रयोग गर्ने निती अनुसार जिल्ला पञ्चायत दोलखाका उपसभापतीमा चुनाव लडी बिजयी हुनु भयो । जवकी त्यो बेला कृष्ण प्रसाद उप्रेती निजको भाई रामप्रसाद उप्रेतीको सामन्ती बिसंगती र बिगबिगी थियो । तत्कालिन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज राजभण्डारीले सम्भावित सामन्तीको पक्ष नलिई उदारतापूर्वक माधवमणि राजभण्डारीकै काम गर्न सुगम भएको अनुभव गरेको कुरा बारम्वार उर्जागर गरेका थिए ।


सामाजिक सेवा र शैक्षिक सेवा उक्त संकल्प माधवमणि राजभण्डारीले दोलखाको शिक्षामा सहयोग गरिरहनु नै भयो । गौरीशंकर क्याम्पस दोलखा भीम माध्यमिक बिद्यालयमा राख्ने भनी त्रिभुवन विश्व विद्यालयबाट सम्र्बधन प्राप्त भएपनी रातारात उप्रेतीले सामन्ती हस्ताक्षर संकलन गरी चरिकोटमा राख्न लगाए तैपनि त्यस क्याम्पसमा संस्थापक उपाध्यक्ष (अध्यक्ष अञ्चलाधिस हुने नियम थियो ।) ईन्जिनियर आत्माकृष्ण श्रेष्ठलाई बनाई शुरुमा सातदोबाटोमा बनेका पसल कवलबाट भाडा उठाई सञ्चालनमा आएको क्याम्पस पछी सवैको सहयोगबाट गौरीशंकर क्याम्पस नाममा स्विकृत भयो । यसरी एउटै नगरपालीका भित्र समाहित भएपछी भवन मात्र बनेन क्याम्पस चिफ पनी दोलखाकै बालकृष्ण जोशीलाई नै ल्यायो ।


स्मरणिय छ माधवमणि राजभण्डारी उक्त क्याम्पसको लागि पुस्तकालय खडा गरी पुस्तकहरु पनी प्रदान गर्नु भयो । तत्कालिन दोलखा र चरिकोट गाविस विच एउटै नगरपालकिा नहुञ्जेल भईरहन्थ्यौ । सदरमुकाम चरिकोटमा भएकोले जेपनी चरिकोट रहनु पर्ने सामन्ती सोच थियो । उदाहरणको लागि परिवार नियोजन स्थापना हुँदा ईन्द्रमणी राजभण्डारीकै घरमा राखियो । तर भाडा तिर्न सक्ने भएपछी चुपचाप घरभाडाको सूचना प्रकाशित गरी चरिकोट सा¥यो । कृषि विकास बैङ्क स्थापना खड्ग बहादुर श्रेष्ठ (पूर्व प्रधानपञ्च) का घरमा निशुल्क राखियो । तर दुई बर्षपछि सुटुक्क चरिकोट सा¥यो । बि.सं. २०१२ सालतिर खडा भएको अस्थाई चौकी पनि लापिलाङ स¥यो । दोलखामा त केवल संघ–संस्थाहरु जुन नाफामुलक नभएर सेवामुलक हुन्छन् । जस्तो रेडक्रस जिल्ला शाखा, भीम पुस्तकालय, बालमन्दिर भवन तत्कालिन सिडियो भगवान सिंहले चरिकोटमा बनाउनु पर्छ भनेर बोलपत्र आब्हान गरिएको थियो ।

समाजसेवी माधवमणी राजभण्डारी अभिनन्दन कार्यक्रममा माधवमणी राजभण्डारी र वहाँको धर्मपत्नी सरला राजभण्डारीको साथमा समाजसेवी लक्ष्मण श्रेष्ठ, कायु क्लवका अध्यक्ष निरेन्द्र मास्के लगाएत दोलखाली चेलीबेटीहरु ।

तर चरिकोटमा महङ्गो जमिन दिन तयार नभएको कारणले नेपाल बाल संगठनको जिल्ला शाखाको स्थापना दोलखामा नै खोली सकेको परिप्रेक्ष्यमा बालमन्दिर भवन दोलखामा नै रहनु पर्ने भनी जोड गरी तत्कालिन माननिय कृष्ण प्रसाद उप्रेती, अध्यक्ष बैकुण्ठ नारायण प्रधान, सदस्य कृष्ण प्रसाद मास्के, माधवमणी राजभण्डारीको सरसल्लाह बारे विराटनगर गई रातको प्रथम पहर (प्रताव सुब्बा निर्देशक) नाट्य समूह काठमाण्डौं ल्याई तत्कालिन रोयल नेपाल एकेडेमीमा भव्य प्रर्दशन गरी बालमन्दिर बनाउन रकम संकलन पनी गरिएको थियो ।

बि.सं २०३६ सालमा शान्तकृष्ण श्रेष्ठ कालिञ्चोक युवा क्लवको अध्यक्ष भएपछी बैठक गर्ने थलो माधवमणि राजभण्डारीको अफिसमै भयो । नेपा एजेन्सी अनी होटेल थियो । एम.एम. ईन्टरनेशनल जहाँ क्लवको सभा, सम्मलेन गर्दा ठाउँ उपलब्ध हुन्थ्यौ । माधवमणि राजभण्डारीको यो घरमा नेपाः एजेन्सी हुदा क्लवको बैठक, सभा समारोहको लागि होटेलको सभाकक्ष निशुल्क उपलब्ध गराई नै रहन्थ्यौ । जव जनमत संग्रह बहुदल हारेपछी सुधारिएको पञ्चायती व्यवस्था अनुसार २०३८ र २०४२ सालमा २ पटक आम निर्वाचन भयो । जसमा वहाँले पनी कुनै गुटमा नलागी निर्वाचन लड्नु भयो, यद्यपी नजिते पनी जमाना जफत भने चाही भएन ।

माधवमणि राजभण्डारी तन, मन, धनले समाजसेवा र राजनितिमा सर्मपित हुनु हुन्थ्यौ । तत्कालिन भीम हाईस्कुलमा सरकारले निशुल्क फि नगरुञ्जेल कक्षा ८ देखि १० कक्षासम्म करिव १० बर्षसम्म आफैले बेहोर्नु भयो । २०३६ सालदेखि दोलखा भीमहाई स्कुलमा एस.एल.सि.को कोचिङ क्लास संचालन गर्न सहयोग गर्नु भयो । यसै गरी तत्कालिन जिल्ला पञ्चायतको सभापती हुँदापनी पहिलो महिनाको पारिश्रमिक जुठो चाखेको भनेर लिनु भयो त्यसपछिको पारिश्रमिक दोलखा जिल्ला ५४ गा.वि.स. मध्ये ५० वटा गाविसलाई प्रदान गर्नु भयो । चाहे अनुदान होस वा पाठ्यपुस्तक किन्न होस् वा फर्निचर खरीद गर्न होस् ।

वहाँमा धन प्राप्ती गर्ने लालसा नभएको कारणले गर्दा कुनै पदमा पुगी धन कमाउने तिकडम गर्ने राजनितीक ईच्छा कहिले लिनु भएको थिएन । बरु उल्टो दान गर्न रुचाउनु हुन्थ्यौ । २०३६ सालमा बहुदलको प्रचार होस् भनेर सुपथ पसल खोल्न रु. ५० हजार दिनु भयो । तत्कालिन प्रमुख जिल्ला अधिकारी निरञ्जन बराल अहिले पनि सम्झनु हुन्छ । दोलखा चरिकोट बाटो बनेर ट्रयाक खोलेपनी पानी पर्दा विशेष गरी प्रहरी ठाना तल रातो माटोमा हिलम्मे भई गाडी चल्न नसक्दा प्रमुख जिल्ला अधिकारीले १० हजार भए दुई ट्रिप गिट्टी ख¥याई दिन्छु भन्ने बितिकै माधवमणि राजभण्डारीले खल्तीबाट पैसा निकालि गनी दिई बाटो सुचारु गराई दिनु भयो ।
शिक्षक बनेर सेवा गर्छु भन्ने बिद्यार्थीलाई बि.एड सम्म पढ्ने व्यवस्था आफ्नै तर्फबाट गर्नु भयो । यद्यपी ती शिक्षक कृतध्न भए । भीम हाईस्कुलको सेवा गुर्नको सट्टा अर्के विद्यालयमा शिक्षक भई घरमा आफ्नो श्रीमती र छोराछोरी हुँदा हुँर्दे त्यहाँकै घरका उडाई आफ्नो प्रतिष्ठा गिराए ।
(बाँकी अंश क्रमशः…)

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!