बाँपीझ्याला, काठमाण्डौं । गायक तथा समाजसेवी नीमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ । बादल लिम्बुको संगीत रहेको गीतको भिडियोमा मा युवायुवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । भिडियोमा विल्सनविक्रम राई (तक्मे बुढा), रजनी गुरुङ , नीमा तामाङ, सुजन राई र विशाल लिम्बुलगायतको अभिनय देख्न सकिन्छ ।
पाँचथरमा छायाँकन गरिएको भिडियोमा मनोज कार्कीको सम्पादन र विल्सन विक्रम राईको कोरियोग्राफी छ । भिडियो किरण राईको छायाँंकन र निर्देशन रहेको रहेको छ ।