Search

पीएजसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पीएजसी च्याम्पियन्स लिगको सेमिफाइनलमा

०१ बैशाख, बाँपीझ्याला, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग भएको खेलमा पीएसजी १-० ले पराजित भए पनि अन्तिम चारमा पुगेको हो ।

पिहलो लेगकोसमेत गोलका आधारमा समग्रमा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।


पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।

उनले खेलको ४०औँ मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्‍याउन सकेन ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!