
सर्वप्रथम बसन्त बहारले सजिएर आएको नयाँ वर्ष २०७८ सालको प्रारम्भिक चरणमा समस्त नेपालीजन, नेपालीभाषीहरुमा नेपालकै एक कुनामा बसेर हृदयदेखि अभिवादन सहित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो प्यारो मातृभूमि दोलखा (द्वाल्खा), अभयपुरलाई मन मस्तिष्कमा समेटेर केही चिन्तनको पंक्तिलाई सबैको नजरमा अभिव्यक्त गर्न खोज्दैछु, कतै मेरा शब्दमा अधुरो र अपुरो भए अज्ञानी सम्झेर माफी दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु म ।
एउटा मौलिक र ऐतिहासिक नगर हो यो दोलखा । दोलखाको विस्तृत विवरणमा यहाँको भौगोलिक, ऐतिहासिक, धार्मिक र सामाजिक रुपमा वर्णन गरिरहनु आवश्यक नहोला, किनकि अत्याधुनिक समय र प्रविधिको विकाससंगै सामाजिक सञ्जाल, राष्ट्रिय समाचार पत्रपत्रिका, टेलिभिजन र ईन्टरनेटबाटै दोलखाको मात्रै नभएर दोलखा जिल्लाकै पृष्ठभूमिबारे विभिन्न माध्यमले प्रचारप्रसार र परिभाषित गरिएको छ।
यतातिर त्यत्ति खोजिनिति गरिरहन आवश्यक नहोला । प्रकृतिले पुरै सिङ्गारिएको एउटा आकर्षक धरातल दोलखा, त्यसमा पनि साक्षात भिमेश्वरले विराजमान धार्मिक धर्ति, विभिन्न देवीदेवताका मन्दिर, बुद्ध धर्मको पहिचानको रुपमा रहेको गुम्बा, चैत्य र स्तुपाहरुले भरिभराउ भएको पुण्यस्थल स्थल हो दोलखा ।
सामाजिक व्यक्तित्व बोकेका अनेकौं विद्वान् बुद्धिजीवीले ओगटेका यो धरातल दोलखाको जति वर्णन गरिए पनि न त इतिहास पूरा हुन्छ, न त वर्णनात्मक रुपमा नै विश्लेषण गरेर साध्य छ । परम्परालाई दिगो राख्न लागिपरेका सामाजिक संघ संस्थाहरूलाई नियालेर हेर्दा यस्तो लाग्छ कि यो ठाउँमा अशिक्षित, अज्ञानीको शायदै जरा सम्म नहोला भनेर अनुमान लगाउन सकिन्छ, तथापि मानवीय शरीरमा भएको हातका औंलाहरु त समानान्तर छैनन् भने मानिसको मन र सोच एउटै त कहाँ हुनसक्छ र !
सबैलाई सबैको कुरा चित्तबुझ्दो नहुँदा पनि विकासको बाटोमा अवरुद्ध हुनु अस्वाभाविक होइन, जायज र समयसापेक्ष कुरालाई मध्यनजर राख्न नसक्दा पनि केही सफलतालाई पछाडि छाड्नुपर्ने हुन्छ, जसको फाइदा तेस्रो समुहले हत्याउन पुग्छ र आफ्नोतर्फबाट पश्चाताप गर्न विवश हुनुपरेको छ, यसबारे पहिले स्वयं चेतनशील भएर अरुलाई पनि चेतना दिलाउन जरुरी छ ।
पदमात्रै वरिष्ठतम् रुपमा ओगट्ने अनि कामको लेखाजोखा नगर्ने, जतातिर आम्दानीको श्रोत हुन्छ त्यतैतिर हात पसार्ने आफूभन्दा जान्नसुन्ने कोही छैन, म नै सर्वेसर्वा हुँ, मेरै कुरालाई सहमत जनाउनु पर्छ भन्ने हिसाबले सामाजिक परिवेशमा अग्रसर भएको खण्डमा त्यो ठाउँमा विकासले जग बसाल्नेछ भनेर नसोच्दा उत्तम होला ।
यहाँ न त कुनै दिग्दर्शकको कमि छ, न त प्राध्यापकको, उच्च न्यायपालिकाको प्रमुखहरु, वकिल, न्यायाधिस, चिकित्सक, ईन्जीनियर, प्राचार्य, कलाकार सबैखाले वरिष्ठहरु यथेष्ट छ । तर हरेक पदगामीहरुको निजी तर्क र आडम्बरी सोचको कारणले कुनै पनि योजनाले सफलता प्राप्ति गर्न असक्षम साबित भएको छ ।

कुनै व्यक्ति वा संघ संस्थाले आफ्नो परिवेशमा कुनै पनि योजनाको बारेमा प्रस्ताव राखेर आउँछन् भने ती कार्ययोजनाको बारेमा स्पष्ट बुझेर समन्वयात्मक भावना जागृत गर्नुपर्छ, यदि सो योजनाले आफ्नो ठाउँमा आवश्यकीय कुरालाई टेवा दिन्छ र सबैको हितको लागि असल छ भने त्यस्तो कार्ययोजनालाई स्वागत गरेर आत्मसात् गरेर हातमा हात र काँधमा काँध मिलाउनुपर्छ अनि मात्रै ठाउँको विकास सम्भव हुनेछ । कसैले कसैलाई औंला न¥र्याइकन समाजको हितविपरीत कुरा नगरीकन अगाडि बढ्नुपर्छ अनि पो हुन्छ त स्वच्छ र सभ्य समाजको निर्माण ।
चाहे कुनैपनि राजनीतिक पार्टीकै मातहतको काम किन नहोस्, ठाउँ त हामी सबैको साझा हो नि, यदि विपक्षी पार्टीले नै आफ्नो गाउँठाउँमा शैक्षिक, औद्योगिक, उत्पादनमूलक कार्यक्रम ल्याएर बेरोजगारी हटाउने प्रयत्न गर्छन् भने हृदयदेखि स्वागत गर्ने मन बनाउनुपर्छ । खाली एकान्तमा एकात्मक कुरा गर्ने… “चुनाव आउँदैछ अनि भोट लिनलाई नाटक गरेको नि..” भन्ने एकथरी,…“ए उनीहरु विदेशीको डलर कुम्ल्याउनलाई काम देखाउन आएका नि…“भन्ने अर्काथरी,…“हामीलाई थाहा नभएको हो र… दुई नम्बर धन्दाले पैसा लुटेका छन् अनि सद्दे देखाउन आएका नि..“भन्ने तेस्रोथरीका मानिसहरुले सद्दे समाजलाई नै तितरबितर पारिदिन्छन् ।
त्यस्ताखाले संकीर्ण विचारका मानिसहरू देखि पुर्णतया होशियारी अपनाउनु पर्छ जस्तो लाग्छ । यदि कसैले मौरीको मह काढ्छन् भने हात त चाट्छन् नै । तर हदै नाघेर हात चाट्नु खोजे भने सजगता अपनाउनु हरेक नागरिकको स्वयंसिद्ध अधिकार हो, अन्यायपूर्ण कामको प्रतिरोध गर्नसकेको खण्डमा समाजको कल्याण हुनेछ, छिंडीमा बसेर कालो झण्डा देखाउन खोज्नु भनेको स्वयं कायर बन्नु हो । यथार्थपरक कुरा डबली चोकमा भन्न सक्नुपर्छ, सामाजिक सञ्जालमा.. “हेरेकै हो, देखेकै हो, त्यसलाई राम्रोसँग चिनेकै छौं…“भनेर खोकेर मातृभूमि प्रति सदाशयता राखेको छु भन्नुमा शायदै उचित नहोला ।
प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक रुपले लोकप्रिय बनेको धार्मिक पृष्ठभूमि भीमसेन देवतालाई साक्षी राखेर भन्नुपर्दा करीब साँढे चार दशक अगाडिको दोलखा भिमेश्वर मन्दिरमा अनेकौं पटक पसिना आयो, हरेकको मनमा पसिना आउनुको प्रमुख कारणबारे’ देशमा अब के हुने हो । कस्तो संकट विपद आउने हो ?
भनेर सशंकित हुनुभन्दा भिमेश्वर मन्दिरको रेखदेख देखि संरक्षणमा के कस्तो कमी कमजोरी भएर पो हो कि अथवा हामी बिचमा भएको अन्तरद्वन्द र झीनामसिना विवादको कारणले भीमेश्वर देवले सहन गाह्रो भएर पसिना आएक पो हो कि भन्नेमा ध्यान दिनुपर्ला जस्तो छ, किनकि केवल आम्दानीको भाँडोमा मात्रै गिद्दे नजर राख्ने प्रवृत्तिलाई पुर्णरुपमा त्याग्नुपर्छ, चाहे जो सुकै व्यक्ति किन नहोस्, स्थानीय स्तरमा रहेपछि हामी र हाम्रै पुर्खाका सन्तति हौं । त्यो र म भन्ने भावनालाई छाडेर हामी र हाम्रो भन्ने सोचाइमा अडिग बन्नुपर्छ ।
आफ्नाको गल्तीलाई ढाकछोप गर्ने बानीले सिङ्गै समाजमा नराम्रो प्रभाव पर्न जान्छ, यस्तो बेलामा जातीयता र आत्मीयतालाई नजरअन्दाज गर्न जान्नुपर्छ । समाजमा रहेपछि भैपरि आएको खण्डमा मान्छे चाहिने हो जात होइन भन्ने जागरुक चेतना हुनुपर्छ ।
आफ्नो जग्गा चाहिँ एक ईन्च पनि नछाड्ने, अर्काेतर्फ भने एक फिट नै मिचेर बलवानको पद खोज्नु भनेको समाजको सामु घृणित बन्नु हो भनेर मनन गर्न सक्नुपर्छ । सुनिन्छ, प्रतिष्ठित व्यक्तिहरुले नै सार्वजनिक स्थललाई निजीकरण गरेर सबुत प्रमाण देखाएको छ रे, ती प्रमाणहरुको कसको कार्यकालमा कसले कसरी गरेका हुन् खोजी गर्न जरुरी छ ।
अझ कसै कसैले त गुठी, चिहान डाँडा समेत आफ्नो नाममा दर्ता गरेर समाज सामु दानी पात्रको भूमिका पनि निभाउदै गरेको छ भनेर सम्बन्धित व्यक्तिबाट गुनासो पनि आएको छ, यो कसरी भयो ? अब त नेपाल सरकारले र अख्तियार दुरुपयोगबाट पनि राजधानीमा धमाधम कार्वाही गर्दै सार्वजनिक सम्पत्ति फिर्ता गरिरहेका देखिन्छ, त्यतातिर पनि ध्यान दिनु जरुरी छ ।
सामाजिक विकासका लागि सज्जन व्यक्तिको जरुरी छ, असल काममा लाग्दा खराब नियत हुनुहुँदैन, आलोचना भनेको जहाँ पनि हुन्छ, हुनुपर्छ पनि । यदि आलोचनात्मक प्रकृया निस्कृय भएमा जसले जेसुकै गर्न सक्छन् । सही सत्य र पारदर्शिता भएकोमा कसैले आलोचना गर्छन् भने जवाफ दिने स्थान सुरक्षित राख्नुपर्छ ।
कुनै पनि कार्यको थालनी हुनुभन्दा पहिले समुहमा छलफल हुनुपर्छ, आफुखुशी सभा, समारोह, गोष्ठीमा लुसुक्क पस्ने र सामाजिक सञ्जालमा १÷२ तस्बिर राखेर कार्यक्रममा गएको जानकारी दिने एकल निर्णयलाई सामाजिक रुपमा मान्यता दिनुहुँदैन जस्तो लाग्छ । घर घर मिलेर टोल बन्छ, टोल टोल मिलेर समाज बन्छ, समाजमा एउटा कुरा र टोलमा अर्कै कुरा गर्ने सामाजिक अभियन्ताहरुलाइ राम्रोसँग पहिचान दिलाउनुपर्छ यसको जरुरी दोलखामा छ ।
ऐतिहासिक रुपले लोकप्रिय बनेको धार्मिक पृष्ठभूमि भिमसेन देवतालाई साक्षी राखेर भन्नुपर्दा करीब साँढे चार दशक अगाडिको दोलखा भिमेश्वर मन्दिरमा अनेकौं पटक पसिना आयो, हरेकको मनमा पसिना आउनुको प्रमुख कारण बारे देशमा अब के हुने हो, कस्तो संकट विपद आउने हो’ भनेर सशंकित हुनुभन्दा भिमेश्वर मन्दिरको रेखदेख देखि संरक्षणमा के कस्तो कमी कमजोरी भएर पो हो कि अथवा हामी बिचमा भएको अन्तरद्वन्द र झीनामसिना विवादको कारणले भिमेश्वर देवले सहन गाह्रो भएर पसिना आएक पो हो कि भन्नेमा ध्यान दिनुपर्ला जस्तो छ, किनकि केवल आम्दानीको भाँडोमा मात्रै गिद्दे नजर राख्ने प्रवृत्तिलाई पुर्णरुपमा त्याग्नुपर्छ, चाहे जो सुकै व्यक्ति किन नहोस्, स्थानीय स्तरमा रहेपछि हामी र हाम्रै पुर्खाका सन्तति हौं, त्यो र म’ भन्ने भावनालाई छाडेर हामी र हाम्रो भन्ने सोचाइमा अडिग बन्नुपर्छ ।
आफ्नाको गल्तीलाई ढाकछोप गर्ने बानीले सिङ्गै समाजमा नराम्रो प्रभाव पर्न जान्छ, यस्तो बेलामा जातीयता र आत्मीयतालाई नजरअन्दाज गर्न जान्नुपर्छ । समाजमा रहेपछि भैपरि आएको खण्डमा मान्छे चाहिने हो जात होइन भन्ने जागरुक चेतना हुनुपर्छ ।
आफ्नो जग्गा चाहिँ एक ईन्च पनि नछाड्ने, अर्काेतर्फ भने एक फिट नै मिचेर बलवानको पद खोज्नु भनेको समाजको सामु घृणित बन्नु हो भनेर मनन गर्न सक्नुपर्छ । सुनिन्छ, प्रतिष्ठित व्यक्तिहरुले नै सार्वजनिक स्थललाई निजीकरण गरेर सबुत प्रमाण देखाएको छ रे, ती प्रमाणहरुको कसको कार्यकालमा कसले कसरी गरेका हुन् खोजी गर्न जरुरी छ, अझ कसै कसैले त गुठी, चिहान डाँडा समेत आफ्नो नाममा दर्ता गरेर समाज सामु दानी पात्रको भूमिका पनि निभाउदै गरेको छ भनेर सम्बन्धित व्यक्तिबाट गुनासो पनि आएको छ, यो कसरी भयो ? अब त नेपाल सरकारले र अख्तियार दुरुपयोगबाट पनि राजधानीमा धमाधम कार्वाही गर्दै सार्वजनिक सम्पत्ति फिर्ता गरिरहेका देखिन्छ, त्यतातिर पनि ध्यान दिनु जरुरी छ ।
सामाजिक विकासका लागि सज्जन व्यक्तिको जरुरी छ, असल काममा लाग्दा खराब नियत हुनुहुँदैन, आलोचना भनेको जहाँ पनि हुन्छ, हुनुपर्छ पनि । यदि आलोचनात्मक प्रकृया निस्कृय भएमा जसले जेसुकै गर्न सक्छन् । सही सत्य र पारदर्शिता भएकोमा कसैले आलोचना गर्छन् भने जवाफ दिने स्थान सुरक्षित राख्नुपर्छ ।
कुनै पनि कार्यको थालनी हुनुभन्दा पहिले समुहमा छलफल हुनुपर्छ, आफुखुशी सभा, समारोह , गोष्ठीमा लुसुक्क पस्ने र सामाजिक सञ्जालमा १÷२ तस्बिर राखेर कार्यक्रममा गएको जानकारी दिने एकल निर्णयलाई सामाजिक रुपमा मान्यता दिनुहुँदैन जस्तो लाग्छ । घर घर मिलेर टोल बन्छ, टोल टोल मिलेर समाज बन्छ, समाजमा एउटा कुरा र टोलमा अर्कै कुरा गर्ने सामाजिक अभियन्ताहरुलाइ राम्रोसँग पहिचान दिलाउनुपर्छ ।
२०७२ सालको भूकम्पको कारणले क्षतिग्रस्त भएको दोलखाका अधिकांश मठ, मन्दिर, गुम्बा लगायत स्थानीय घरहरु विभिन्न माध्यमबाट पुनःस्थापना पुनःनिर्माण भएर दोलखाले करीब पुर्णतः नयाँ रुप देखाए तापनि केही अपुरो र अधुरो कुरा बाँकी नै छ जस्तो लाग्छ, त्यो के भने मानिसको कारुणिक भावना र सकारात्मक सोच । भलै पैसाको प्रतिस्पर्धामा अग्ला ठूला महलहरु बनेर शहरमा रुपान्तरण भए होलान्, तर तेस्रो समुहको नजरमा हाम्रो बीचमा फाटो नदेखियोस्, सुन्दर महल जस्तै मन पनि स्वच्छ र पवित्र रहोस्, एक अर्काको खिँचातानी, मनोमानी अनि वैमनस्य स्वभावका कारण हाम्रो साक्षात भिमेश्वरलाई उकुसमुकुस भएर पसिना नआवस् ।
अब संस्कृति र परम्परा तर्फ हेर्दा दोलखामा ३÷४ दशक अगाडि सम्म पौराणिक रीतिरिवाजमा जति निरन्तरता देखिन्थ्यो, हरेक कुल देवी देवता थानहरुमा पूजाआजा लगभग नियमित जस्तो भैरहन्थ्यो, टोल समाजका मान्छेहरुमा कुलदेवतालाई पूजा नगरिकन नचढाइकन आफ्नो घरमा पानी समेत पिउन नमिल्ने सात्विक चलन थियो, ती प्रकृयाहरु आधुनिक शिक्षाको विकाससंगै बिस्तारै हराउँदै गएको देखियो ।
कुनैपनि चाडपर्वमा पहिलो भाग पितृको नाममा चढाउने चलन अनुसार स्थानीय नेवार जातिकै एक अंश मानिदै आएको कुसले वर्गलाई समर्पण नगरीकन देउतालाई चढाउन नहुने प्रचलनमा अडिग थिए स्थानीय नेवारी सम्प्रदायका मान्छेहरु, पछि कम्युनिस्ट बिचार धाराका केही बुज्रुकवर्गले नयाँ युग र नयाँ पुस्तामा ती कामलाई जातीय शोषणको व्याख्या गरेर अशिक्षित र अज्ञानतालाई हटाउने नारा लिएर दिएर ती संस्कृति र साँस्कृतिक पर्वको नियमलाई तोडमोड गरेर कुसलेहरुलाई पितृ प्रसाद लिनबाट वंचित गराईदिए, कसाईहरुले पनि मर्दा पर्दा बाजा बजाउन आउने गरेका थिए, उनीहरुलाई पनि… ’बिना पारिश्रमिक काम नगर्नु, यो त सामाजिक शोषण हो’ भन्ने तर्क दिएर अलग्याए, यो प्रकृया कतिसम्मको जायज हो या होइन बुद्धिजीवीले बुझ्नुपर्ने कुरा हो ।
हो यथार्थमा पारिश्रमिक त चाहिन्छ नै, तर समझदारी पुर्ण समन्वय गरेर संस्कृतिलाई यथावत दिलाउने काम गर्नुपर्नेमा अल्पज्ञान बाँडेर पुरै निषेधाज्ञा जारी गर्ने कामले गर्दा वर्तमान अवस्थामा भैरव कुमारी जात्रा र खड्ग जात्राको बेलामा शहनाई फुक्ने र ढोलक बजाउन आउने कुसले दाजुभाइ र कसाइ दाजुभाइलाई खोजी खोजी हिंड्नुपर्ने भएको छ, यसमा सामुदायिक कमि कमजोरी देखिन्छ, किनकि दोलखा शहर भित्रको जात्रा भनेको सबैको जात्रा हो, यसमा ती वर्गले पनि सोच्नुपर्ने कुरा हो कि यो त हाम्रो परम्परा हो, हामीले अरुको भड्काउ र बहकाउमा लाग्नु हुन्न, हामीले यसलाई निरन्तरता दिनुपर्छ, बरु यसलाई समायोजन गरेर हुन्छ या संगठित भएर हुन्छ यसलाई दिगो राख्नुपर्छ भनेर सोच्नुपर्ने देखिन्छ ।
विगतमा केही वर्ष यस्तै जातीय साम्प्रदायिक चर्चाको कारण र गुठी व्यवस्थापनमा तालमेल नमिल्दा ऐतिहासिक मच्छिन्द्र नाथको रथयात्रा समेत स्थगित गरिएकोमा अब दोलखाका चाडपर्व कतै एकादेशको कथा पो बन्ने हुन् कि भन्ने लागेको थियो, तर दोलखाकै सामाजिक संस्था द्वाल्खा गुठी र कालिन्चोक युवा क्लवले अनेकौं समस्या झेलेर भएपनि यो रथयात्रालाई पूनर्जीवित गराउने काम गरे । यसको लागि आम दोलखावासीले धन्यवाद दिनैपर्छ ती दुई संस्थालाई । यसमा विशेष पहल गर्नुहुने समाजसेवी हेमराज श्रेष्ठ (म्हेपि ) र कायुक्लवका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठलाई हृदयदेखि साधुवाद छ ।
त्यसैगरी दोलखामा दशैंको टीकाको दिनमा ’हिपा थामी’ को जात्रा अत्यन्तै महत्त्वपूर्ण र मौलिक परम्परा हो, यस्तो रीति नेपालको एकमात्र पर्वको अलौकिक दृश्य नाटक हो, जुन दोलखाको गौरवमय पर्वको रुपमा लिईन्थ्यो, तर यसमाथि पनि केही अर्धशिक्षित वर्गले गलत व्याख्या गरेर परम्परागत आचरणमा टाँचा लगाउने काम गरेर संस्कृति नै ओझेलमा पार्न लगाए, यस्तो कार्यशैलीलाई चेतना जगाएको भन्न नमिल्ला बरु भएको चेतनालाई नै लोभ र मोहको मन्त्र पढाएको आभास हुन्छ । जुनसुकै जातिले जुनसुकै मौलिक जात्रामा सहभागी भएर परम्परालाई यथावत राखिएमा मात्रै सामाजिक समुदायको प्रतीकको रुपमा मानिन्छ होला शायद ।
त्यसैगरी दोलखामा हरेक महिनामा हुने जात्रा पर्व अधिकांश भिमेश्वर गुठीकै मातहतमा चल्ने चलाउने गरेको सर्वविदितै छ, यसमा विशेषगरी भेड्पु, मेलुङ, पवटीमा रहेका तामाङ जातीले वर्षेनी बलिपूजा गर्ने, बत्ती बाल्ने आदि ईत्यादि विषयमा जग्गा कमाउने गरेका थिए, यसमा पनि स्थानीय केही कोही थरी, गुठियारहरुले मनोमानी तवरले दक्षिणा र वस्तु लेनदेनमा लापरबाही गर्दा पनि रीतिरिवाजलाई निरन्तरता दिन कठिनाई परेको कुरा थाहा हुन आयो झन् एकताका एक पल्ट कम्युनिस्ट चहलपहलले “ जसको जोत उसकै पोत “ भन्ने नाराले परम्परामा पूर्णविराम लाग्न पुग्यो । मान्छेहरुले कम्युनिस्ट भनेको धर्म संस्कृति नै सखाप बनाउने कुप्रचार गर्न नहुने हो, सामुदायिक हिसाबले सबैलाई समान हक अधिकार प्रदान गरेर शोषण रहित समाजको सृजना गर्नु नै कम्युनिस्टको मूल अर्थ हो, यसमा कुनै जातीयता र धार्मिक सहिष्णुतालाई आँच पु¥याउने काम गर्नु होइन भनेर बुझ्नुपर्थ्यो ।
अब अन्तमा दोलखामा केही दशक पहिलेको रहनसहन र वर्तमान सामाजिक रहनसहनमा पनि आधुनिकता छाएसंगै वातावरण अनुकूलको परिवर्तन भएकोले हो कि या शैक्षिक गतिविधिमा नयाँ फड्को मारेकोले हो, एकले अर्कालाई खोईरो खन्ने, बदनाम गर्ने गराउने परिपाटीको विकास भएको जस्तो लाग्छ, कसैले केही नौलो काम ल्याउँदैछ भन्ने थाहा हुनासाथ बिचौलियाहरु उफ्रेर काममै अवरुद्ध पार्ने गरेको पाईएको छ, देश र ठाउँ त सबैको हो सबैले सबैलाई समानान्तर रुपमा हेर्नुपर्छ भन्ने चेतना जबसम्म सृजना हुनेछैन तबसम्म समाज त के आफ्नो घर पनि दिगो रहँदैन भनेर बुझ्नुपर्छ, जसले जुन काम लिएर आउँछ, त्यो कामको निचोड के हो ? उद्देश्य के हो ? भन्नेबारे सोचेर बुझेर मात्रै आलोचना गर्नु उचित होला जस्तो लाग्छ ।
अन्तमा, अबको कदममा सबैमा जागरुक चेतना फैलिएर जाउन्, मातृभूमिमा शान्तिपूर्ण सहअस्तित्व कायम् रहोस्, कसैले कोही माथि शंका–उपशंका नगरियोस्, यो २०७८ साल उपरान्त दोलखा स्वर्ग जस्तै सुन्दर, भव्य र सभ्य रहि रहोस्, हरेक मानवमा कल्याणकारी मन पलावस् ! जय भिमसेन !
सबैको दिनचर्या उमंगमय बनोस् ! नयाँ साल २०७८ सबैलाई फलिफाप होस् ! जय भिमसेन !
२०७८/०१/०१
दोलखा, अभयपुर ।