Search

रामप्रसाद भट्ट गभर्नरमा निर्वाचित

रामप्रसाद भट्ट गभर्नरमा निर्वाचित

बाँपीझ्याला, काठमाण्डौं । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५वि २ को गभर्नरमा चितवनका रामप्रसाद भट्ट निर्वाचितभएका छन् । हेटौंडामा आयोजित डिष्ट्रिक्ट कन्भेन्सनले भट्ट सहित फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा धनगढीका सिवीचन्द र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा भैरहवाका व्यवसायी नवराज न्यौपानेलाई निर्वााचित गरेको छ ।


लायन्स क्लव इन्टरनेशनको विधानअनसार गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरले ‘एस भोट’ लिनुपर्ने प्राव्धान छ । सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने, नवलपरासीका श्याम वस्याल र वुटवलका उमङ्ख देवकोटाको उमेदवारी परेको थियो ।


बस्यालले उमेद्वार नबन्ने घोषणा गरेपनिन्यौपाने र देवकोटा चुनावी रस्साकस्सीमा होमिएका थिए । पछि देवकोटालाई आगामी बर्ष सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा अगाडि सार्ने सहमति भएपछि देवकोटाले उमेदवारी फिर्ता लिएर न्यौपानेका लागि सर्वसम्मत बन्न सघाएका थिए ।

न्यौपान ेपछि आगामी बर्षका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर बन्न देवकोटालाई बाटो खुलेको छ । दुई दशकदेखि सामाजिक सेवामा सक्रिय भट्टले डिष्ट्रिक्ट गभर्नरको रुपमाआगामी जुुलाई एकदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।

लायन्स क्लवका गतिविधिलाई कमजोर आर्थिक अवस्थाका नागरिक सामु पु¥याउने उदेश्य राखेका भट्टले लायन्स भिलेज लगायतका महत्वकाँक्षी परियोजना अघि सारेका छन् ।


गभर्नर भट्टले आफ्नो कार्यकालका लागि क्याविनेट सेक्रेटरीमा प्रभाकर पण्डित, क्याविनेट ट्रेजरमा नारायण प्रसाद शर्मा , चिफ एडभाइजरमा उमङ्ख देवकोटा लगायत सातजना एरिया चिफको मनोनयन गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!