Search

लघुकथा–दृष्टि

लघुकथा–दृष्टि


मिसु श्रेष्ठ
“छोराछोरी छैनन् । मालिक उहिल्यै हिँडे । ६८ बर्षको भएँ।खान परिहाल्यो, गिट्टी कुट्छु। आँखामा गिट्टी छिर्का छिरेको थियो, साह्रै दुख्छ । डाक्टर बाबू छिटो बिसेक हुने दवाई दिनु न ।”
आँखामा त मोतियाविन्दु पो भएछ त आमा। छिट्टै अप्रेसन गर्नुपर्छ। नत्र आँखा नदेख्ने हुन्छ ।“

“यो दवाई लाउदै गर्नु । अप्रेसन गरेको ६ हजार ५ सय लाग्छ । “डाक्टर यति भन्दै भित्र पसे ।

“आमा तपाईंलाई पैसा मिनाहा गरिदियौँ। अब आउने आइतबार अप्रेसन गर्ने । राम्ररी निको नभए सम्म अस्पतालमै बस्ने ब्यवस्था पनि मिलाएका छौँ।“

“डाक्टर साप, किन दिक्दारी देखिनु हुन्छ ?”

“महेश जी, ५ प्रतिशत असहाय तथा अति गरिबलाई भनी छुट्याइएको आरक्षित कोटा प्राय सिफारिसको बलमा हुनेखानेले नै हत्याउँछन्।मैले यि मध्ये २÷४ कोटा वास्तविक पिडितलाई नै सुरक्षित गर्न कोसिस गरेको सक्दै सकिएन। भर्खर निस्केका बिरामी छिमेकी न पा को मेयरको सिफारिस लिएर आएका । कोही मन्त्री , कोही सभासद , नेताका सिफारिस लिएर आउँछन्। “

“व्यवस्था थाहा हुँदाहुँदै ६÷७ हजारको लागि …..! बरु आफैले दिएर पठाए के फरक पर्थ्यो र। “महेश जि बोले ।

हातमा कार्ड बोकेर उहीँ बृद्धाको प्रवेश हुन्छ । “डाक्टर बाबू, आँखा दुख्न कम भयो । अप्रेसन नगरे हुँदैन ? काममा नगएको धेरै दिन भो।”

“देख्नु भयो महेश जि यिनीहरूको अवसर बाठाले हत्याउँदा आफ्नो विवसता यसरी टार्न खोज्छन् । यिनको दुबै आँखा हेर्नुस् त नानीको पूरै भाग सेतोले डाक्नै आँटेको छ । धन्य गिट्टी कुट्ने रैछिन् र अन्धो हुनेबाट जोगिने भइन् । पालैपालो दुबै आँखाको अप्रेसन गर्नुपर्छ। एउटालाई त बल्लबल्ल निःशुल्क मिलाउन सफल भएँ, अर्कोलाई ..!”

“आमा तपाईं अप्रेसनको लागि तयार हुनुस् बाहिरको भाइसँग कोठा नं ६ जानुस् त ।“

“एकछिन है त बाबू म सँग यति पैसा रहेछ यी लिनुस् बाँकी मात्र मिनाहा गर्नुस् ।“
बृद्धाले पोल्टाबाट हजारका दुईवटा र पाँचसयका एउटा नोट डाक्टरको हातमा थमाइदिइन् ।

२०७७/१२/३०
काँडाघारी , काठमाडौं

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment