Search

हालसम्मकै नेप्सेको नयाँ रेकर्ड, अधिकतम १७.२० अंकले बृद्धि

हालसम्मकै नेप्सेको नयाँ रेकर्ड, अधिकतम १७.२० अंकले बृद्धि

बाँपीझ्याला, काठमाण्डौं । साताकै पहिलो कारोबार दिन सोमबार नेप्सेले नयाँ रेकर्ड राख्न सफल भएको छ । गत बिहिबार सामान्य २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से सोमबार एकै दिन अधिकतम १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको हो ।

यस दिन नेप्से सेन्सेटिभ इन्डेक्स समेत ३.७८ अंकले बढेर ४८०.२९ विन्दुमा पुगेको छ । सोमबार कुल १३ करोड ८२ लाख एक हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएकोमा अधिकतम ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । जबकि गत कारोबार दिनको तुलनामा यस दिन १ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको हो । यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयर मूल्य घटेको छ । सर्वाधिक शेयर मूल्य घटेका १० कम्पनीहरुको सूचीमा ८ जलविद्युत कम्पनीहरु रहेका छन् । जसमध्ये साञ्जेन जलविद्युत कम्पनीको शेयर मूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन २५ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद बिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंकको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ उपसमूहको परिसूचक घटेका छन् । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!