पिक्सेल ५ ए ५ जी स्मार्टफोन रद्द भएको भन्ने हल्लाको गुगलद्वारा खण्डन

२९ चैत, बाँपीझ्याला, एजेन्सी । गुगलले आफ्नो आउँदै गरेको पिक्सेल ५ए स्मार्टफोन रद्द भएको भन्ने हल्लाको खण्डन गरेको छ। कम्पनीले पिक्सेल ५ए फाइभजी यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताएको छ। उक्त स्मार्टफोन अमेरिका र जापानमा आगामी अगस्टमा पिक्सेल ४ए सार्वजनिक हुने समयमै उपलब्ध हुनेछ।

चिप अभावका कारण पिक्सेल ५ए रद्द हुने हल्ला केही दिनअघि एउटा युट्युबरले फैलाइका थिए। यसलाई अन्य दुई स्रोतको हवाला दिँदै एन्ड्रोइड सेन्ट्रलले समर्थन गरेको थियो।


पछि गुगलका एक प्रवक्ताले नाइनटूफाइभगुगल सँगकफ कुराकानीमा उक्त हल्लाको खण्डन गरेका थिए। हल्लामा पिक्सेल ५ए भनिएको छ भने गुगलले ५ए फाइभजी भनेकाले ५ए मा फाइभजी भएको र नभएको दुई भेरियन्ट आउनेमा फाइभजी भेरियन्टमात्र आउने भनिएको हुनसक्ने पनि आकलन गर्न सकिन्छ।

गुगलले उक्त नयाँ स्मार्टफोनको मुख्य बजार अमेरिका र जापान मात्र तोक्नुलाई भने अलिक आश्चर्यका रुपमा हेरिएको छ। गत वर्ष पिक्सेल ५ र ४ए फाइभजी पनि निश्चित देशहरुमा मात्र उपलब्ध हुने बताइएको थियो तर आउँदै गरेको पिक्सेल ५ए फाइभजीले दुइ देशमा मात्र बजार पाउने गरी तोकिएको छ।

पिक्सेल ६ का बारेमा भने गुगलले आधिकारिक रुपमा केही बोलेको छैन तर यो पनि पिक्सेल ५ए फाइभजीकै समयमा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours