Search

सवाना खातुनको जीममा वर्षा, नम्रता र रियाशा

सवाना खातुनको जीममा वर्षा, नम्रता र रियाशा

बाँपीझ्याला, काठमाण्डौं । काठमाण्डौको कान्तिपथमा खुलेको सवाना फिटनेश को उद्घाटन गर्न नायिकाद्धय वर्षा राउत र नम्रता सापकोटाको साथमा मोडल रियाशा दाहाल पुगेका छन् ।नायिका वर्षा राउतले रिवन काटेर फिटनेशनको उद्घाटन गरिन् । महिलाहरुका लागि मात्र यो फिटनेश संचालनमा आएको यसको संचालिका सवाना खातुनले बताइन् ।

फिटनेशनको उद्घाटन गर्दै नायिका वर्षा राउतले मानिस शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि फिट हुनुपर्ने बताइन् । वर्षाले आफू मोटाएपनि वा दुब्लाएपनि आलोचना गर्नेहरु नरोकिने भन्दै खुशी हुन सक्नुपर्ने बताइन् ।

यस्तै, नायिका नम्रता सापकोटाले पनि जीममा पुग्दा मानिसलाई फ्रेस हुने बताइन् । उनले भनिन्–‘कलाकार भैसकेपछि कहिलेकाही निकै तनाव पनि झेल्नुपर्छ । सबैतिर सोच्नुपर्ने हुँदा फ्रेस हुने ठाउँ चाहिन्छ । यसैले, आफूलाई समय मिलेको खण्डमा जीममा पुग्दा शारीरिक र मानसिक रुपमा फ्रेस भइन्छ ।’

मोडल रियाशा दाहालले जीम दुब्लाउनकै लागि मात्र जानुपर्छ भनेर सोच्न नहुने बताइन् । उनले, महिलाका लागि मात्र जीम खुल्दा व्यायम गर्न अझै सजिलो हुने प्रतिक्रिया दिइन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment