Search

चक्रपथ बाहिरका सडक निर्माणका लागि प्राथमिकता

चक्रपथ बाहिरका सडक निर्माणका लागि प्राथमिकता

बाँपीझ्याला, काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आ.व.मा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आ.व.मा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ ।

तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जहर्सिंपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षेत्रमा बूढानीलकण्ठबाट डाँडागाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उनले भने, यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।


चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उनले भने, प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।


गत आ.व.मा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आ.व.मा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ । सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!