Search

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शनका क्रममा सैनिकले अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शनका क्रममा सैनिकले  अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

२९ चैत्र, बाँपीझ्याला। म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो हताहती भएको हो । प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठुला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।

८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको समाचार छ । प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तराष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्सर्ना गरिरहेका छन् ।

म्यानमारमा सैनिक कु भएयता निरन्तर प्रदर्शन जारी छ । म्यानमारका जनताहरुले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको रिहाइ लगायतका माग राखेर निरन्तर आन्दोलन गरिरहेका हुन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment