२८ चैत, बाँपीझ्याला, एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको निधन भएको छ । ९९ वर्षको उमेरमा राजकुमारको निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ। ‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमारलाई एक महिना बेलायती अस्पतालमा उपचारको लागी भर्ना गरीएको थियो ।
उपचारपछि उहाँलाई आफ्नै निवासमा लगिएको थियो। राजकुमार र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन्। राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मनु भएका थिए। उहाँ हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए।
राजकुमारले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन विताउनुभएको थियो भने सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका थिए । विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथलाई महारानी बन्नु भएको राजदरबार स्रोतले पुष्टि गरेको छ।
बेलायतको बकिङ्गम रादरबारले राजकुमारको मृत्यु भएको पुष्टि गरेको छ । रादरबारले उहाँको मृत्यु भएको पुष्टि गर्न विज्ञप्ति समेत जारी गरेको छ ।
उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ।’ ‘फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ।’