Search

बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा बिस्तार, कालिमाटी फलफूल तथा तरकारी बजारमा सेवा शुरु

बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा बिस्तार, कालिमाटी फलफूल तथा तरकारी बजारमा सेवा शुरु

बाँपीझ्याला, काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजारमा क्युआर कोड सेवाको शुक्रबारबाट सञ्चालन गरेको छ । माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्युआर कोड सेवाको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उदघाटन गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेको बैंकले बताएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकको भनाइ छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!