अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कोभीड १९ संक्रमण जोखिम बढ्र्दै आएकोले दोलखाली जनता लगाएत सर्वसाधारणमा सावधानी रहन्न आग्रह गर्नुभएको छ । कोभिड १९ व्यवस्थापन सरोकारवालाहरुको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले पछिल्लो समय कोभिड संक्रमण दर बढ्दै गएकाले दोलखा जिललामा पनि जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको हो ।
आउँदै गरेको नेपालीहरुको नयाँ बर्ष बैशाख १ गते को अवसरमा हुन सक्ने भीडभाडमा कोभिड संक्रमण फैलिन सक्ने भएकाले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र बारम्बार हातमुख धुने लगायतका सावधानीका उपाय अपनाउन समेत भनीएको छ ।
जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा भीडभाड हुने गतिविधि नगर्न तथा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत सम्पूर्ण दोलखा जिल्लावासीमा अनुरोध गर्नु भएको छ ।