Search

नेपाल चेम्बर अफ कमर्स अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध चयन

नेपाल चेम्बर अफ कमर्स अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध चयन

बाँपीझ्याला, काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । शुक्रबार राजधानीमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले अध्यक्ष मल्लसहित अन्य ५५ सदस्यीय पदाधिकारीहरूको चयन गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघतर्फ त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, वाणिज्यतर्फ १५ जना सदस्यहरुमा पंकज जलान, निलकण्ठ चौलागाइँ, दीर्घमान श्रेष्ठ, सन्तोषकुमार पाण्डे, महादेव पोखरेल, नवराज ढकाल, भाईचन्द्र श्रेष्ठ, राष्ट्रभूषण चाकुबजी, दीपक श्रेष्ठ, राजु श्रेष्ठ, भीमलाल पौड्याल, दीपककाजी तुलाधर, सतीशकुमार अग्रवाल, सुरेन्द्रकुमार सारडा, रोशन भोयद्यो, निरज राई, नन्दकुमारी लम्साल, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, सुगन्धकुमार गुप्ता, अशोककुमार अग्रवाल, सुशील पाण्डेय, कैलाशचन्द्र गोयल, तुफान खड्का र कृष्णमान श्रेष्ठ चयन भएका छन्।

यसैगरी उद्योगतर्फ ९ जना सदस्यहरुमा राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, समितकुमार अग्रवाल, सुवासचन्द्र संघाई चयन भएका छन् । अन्य सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर रहेका छन् ।

यसैगरी वस्तुगत संघतर्फ अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजयकुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य र किरणकुमार डंगोल गरि ९ जना चुनियका छन् । यता, आबद्धतर्फ ३ जना चुनिएका छन् । जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल रहेका छन् । यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपक कुँवर र त्रिभुवनधर तुलाधर चयन भएका छन् ।नवनिर्वाचित अध्यक्ष मल्ल यसअघि चेम्बरका वरिष्ठ उपाध्यक्ष हुन् भने हालका वरिष्ठ उपाध्यक्षमा निर्वाचित अग्रवाल वाणिज्य तर्फका उपाध्यक्ष हुन् । नवनिर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेका छन् ।

व्यावसायिक सहजीकरणसँगै मुलुकको आर्थिक रुपान्तरणमा केन्द्रीत हुनेछु : अध्यक्ष मल्ल
नवनिर्वाचित चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आफ्नो नेतृत्व व्यावसायिक सहजीकरणसँगै मुलुकको आर्थिक रुपान्तरणमा केन्द्रीत हुने बताएका छन् । अध्यक्षको पदभार ग्रहणसँगै प्रतिक्रिया दिँदै मल्लले भने, ‘मेरो नेतृत्व कार्यकालमा म चेम्बरको संगठनलाई मजबुत पार्नुका साथै व्यवसायिक सहजीकरण र मुलुकको आर्थिक सम्बृद्धिमा केन्द्रीत हुनेछु ।

व्यावसायिक सरलीकरणसँगै व्यापक सुदृढीकरण समेत गर्नुपर्ने अहिलेको आवश्यकताको बाबजुत म मेरो बुताले भ्याएसम्म सुधारमा लाग्नेछु । कोभिड–१९ को आर्थिक प्रभाव अहिले निजी–सरकारी संयुक्त पहलमा आर्थिक सुधार गर्नुपर्ने चुनौती हामी सामु छ । त्यसलाई समेत मध्यनजर गर्दै देशमा प्रयाप्त उद्योग धन्दा कलकारखानाको वृद्धि विकास गर्दै उत्पादनमा जोड दिन र निर्यातमा फोकस हुन पहल गर्नेछु । सोही अवसरमा अध्यक्ष मल्लले हाल व्यवसायमा भएको समस्या कर, राजश्वको वृद्धि, कृषि उत्पादन र बजारीकरणको समस्या, रोजगारीको सिर्जनमा समेत आफ्नो उचित भूमिका रहने बताएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!