आउँदैछ पृथ्वीतर्फ विशाल क्षुद्रग्रह

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल क्षुद्रग्रह पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिघण्टाको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस क्षुद्रग्रहमाथि नासाका वैज्ञानिकले निगरानी राखिरहेका छन् । विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो क्षुद्रग्रहको खतरा टरिसके पनि अब अर्को एउटा विशाल क्षुद्रग्रह पृथ्वीतर्फ लम्किरहेको छ ।

फुटबलको मैदान जत्रो विशाल आकारको यो क्षुद्रग्रह 2021 AF8 (Asteroid 2021 AF8) माथि वैज्ञानिकहरुले निगरानी राखिरहेका छन् । वैज्ञानिकका अनुसार यो क्षुद्रग्रह मे ४ मा पृथ्वीको नजिक हुँदै गुज्रनेछ ।

नासाका वैज्ञानिकका अनुसार यो क्षुद्रग्रह २६० देखि ५८० मिटरको आकारको रहेको छ । सबैभन्दा पहिले मार्च महिनामा यो क्षुद्रग्रहको बारेमा वैज्ञानिकले जानकारी पाएका थिए ।

नासाका वैज्ञानिकका अनुसार पृथ्वी भएर जाने यस क्षुद्रग्रह 2021 AF8 यसअघि पृथ्वीको नजिक भएर गएका अन्य ठूला क्षुद्रग्रहको तुलनामा भने सानो हो । तरपनि यसलाई खतराको हिसाबले कम आँक्न मिल्दैन । नासाका अनुसार यो 2021 AF8 एस्टोराइड ९ किमि प्रतिसेकेण्डको वेगले पृथ्वीको नजिक आउँदैछ ।

वैज्ञानिकका अनुसार पृथ्वीबाट करिब ३४ लाख किलोमिटर दूरीबाट यो 2021 AF8 क्षुद्रग्रह गुज्रिने छ । अपोलो श्रेणीको यस क्षुद्रग्रहलाई वैज्ञानिकले निगरानी गरिरहने छन् । नासाले यसलाई सम्भावित खतराको सूचीमा राखेको छ । नासाको sentry सिस्टमले पहिले देखि नै यस्ता खतरातर्फ निगरानी गरिराखेको छ । नासाका अनुसार आगामी एकसय वर्षमा आउने २२ वटा यस्ता खतरनाक क्षुद्रग्रह छन् जुन पृथ्वीसँग ठोक्किने सम्भावना रहेको छ ।

यो श्रेणीमा सबैभन्दा अघि र सबैभन्दा ठूलो २९०७५ (1950DA) क्षुद्रग्रह रहेका छन् । यो सन् २८८० सम्म पृथ्वीतर्फ आउँदैन । यसको आकार अमेरिकाको एम्पाएर स्टेट बिल्डङभन्दा तीन गुणा ठूलो छ ।

सूर्यको परिक्रमा गर्ने तर ग्रहभन्दा सानो आकारका चट्टानलाई क्षुद्रग्रह भनिन्छ । यस्ता क्षुद्रग्रहहरु मंगल तथा बृहस्पति ग्रहको बीच क्षुद्रग्रह बेल्टमा अत्यधिक संख्यामा रहेका छन् ।

करिब ४.५ अरब वर्ष पहिले जब हाम्रो सौर्यमण्डल प्रणाली निर्माण भएको थियो, त्यसबेला ग्यास तथा धुलोका बादल जसले ग्रहको आकार लिन सकेनन्, ती क्षुद्रग्रहका रुपमा रहे । यस कारण यिनको आकार ग्रह जस्तो गोलो हुँदैन भने कुनै दुई क्षुद्रग्रहको आकार एक जस्तो पनि हुँदैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours