Search

अवैध रुपमा ल्याउँदै गरेका जडिबुटी सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेका जडिबुटी सहित पक्राउ

२६ चैत, बाँपीझ्याला, धादिङ । खनियावास गाउँपालिका-३ दामन-पाख्रीन सडकबाट अवैध रुपमा ल्याउँदै गरेका विभिन्न जडिबुटी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खनियावास गाउँपालिका-२ बस्ने ३५ वर्षीय रामकुमार तामाङ र सोही गाउँपालिका-३ बस्ने ४७ वर्षीय उद्धब सिं तामाङ रहेका छन् ।

डुण्डुरेबाट धादिङबेसीतर्फ आउँदै गरेको बा.५ ख ६३४५ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेका ३ सय ५९ किलोग्राम मजिठो, १ हजार १४ किलोग्राम पाखनबेद, १७ किलोग्राम चिराईतो र ८ किलोग्राम कालीकाठ दाना (कालीदाना) जडिबुटी फेला पारी चालक रामकुमार र उद्धबलाई पक्राउ गरेको हो ।

उनीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!