बाँपीझ्याला, काठमाण्डौं । (पोखरा) । नेपाल पुलिस क्लवलाई हराउदै अफ्रिकन रुट एसोसियसनले आहा रारा गोल्कपको फाइनलमा प्रवेस गरेको छ । पुरै खेल आफ्नो पक्षमा पार्न सफल अफ्रिकन रुटले नेपाल पुलिसलाई २- ० ले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउदै अफ्रिकन रुट उपाधि नजिक पुगेको छ । अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को जित दिलाए ।
अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ ।
संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।
पहिलो पल्ट सहभागिता जनाएको अफ्रिकन रुट सफलहुदै आफ्नो स्थान फाइनलमा बनाउन सफल भएको छ ।