Search

खाद्यान्न समस्या भएपछी लिमीवासी सदरमुकाममा

खाद्यान्न समस्या भएपछी लिमीवासी सदरमुकाममा

२२ चैत्र, बाँपीझ्याला, हुम्ला । हिमालपारिको गाउँ लिमीको केहि टोलवासी खाद्यान्न समस्या हुने देखिएपछि सदरमुकाम सिमकोट आइपुगेको छ । लिमीका तीनवटा गाउँका बासिन्दाको सामूहिक निर्णयबाट वडाध्यक्षको नेतृत्वमा २५ जनाको टोली सदरमुकाम आई पुगेको जानकारी प्राप्त भएको छ । लिमी तिल गाउँका ठिल्ने तामाङले पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेकको हिउँ छिचोल्दै लिमीवासीको टोली सदरमुकाम आइपुगेको बताउनुभयो ।

उहाँले खेतीयोग्य जमिन कम भएका कारण उत्पादन कम हुने र चीनको ताक्लाकोटबाट यो वर्ष खाद्य सामग्री नआएपछि गाउँमा खाद्यान्न समस्या देखिन थालेको बताउनुभयो । वर्षभरि चाहिने खाद्यान्न गाउँमा उत्पादन नहुने भएकाले लिमीवासी एक वर्षलाई पुग्ने खाद्यान्न चीनतिरबाट ल्याएर राख्ने गर्थे । विगतमा असोजतिरै चीनतर्फबाट गाउँमा खाद्यान्न आउने गथ्र्यो ।

यसपटक कोरोना महामारीले गर्दा नाका बन्द भएकाले लिमीमा खाद्यान्न समस्या सुरु भएको छ । १४७ घरधुरी रहेको लिमीको तीनवटै गाउँको जनसङ्ख्या एक हजार दुई सय छ । वडाध्यक्ष पाल्जोर तामाङले खाना नपाएर भोकै बस्नु नपरोस् भन्नका लागि गाउँको टोली आएर आफ्ना समस्या प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसमक्ष पु¥याउने बताउनुभयो ।

टोलीमै रहनुभएकी जाङ गाउँकी छिरिङछाम्जुत तामाङले लिमीवासीले हालसम्म नभोगेको खाद्यान्न समस्या भोग्नुपरेको गुनासो गर्दै सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

Written by 

Related posts

Leave a Comment