Search

गायिका टिना शेर्पालीको लोक आधुनिक गीत “नसोचेकै कथा भयो, सार्वजनिक – (भिडियो सहित)

गायिका टिना शेर्पालीको लोक आधुनिक गीत “नसोचेकै कथा भयो, सार्वजनिक – (भिडियो सहित)

२२ चैत, बाँपीझ्याला, काठमाण्डौं । गत बर्षहरुमा तहल्का मच्चाएको सुपरहिट गीत बोली भन्दाको अत्याधिक सफलता पछि गायिका तथा मोडल टिना शेर्पालीले यस बर्षको लोक आधुनिक गीत “नसोचेकै कथा भयो” लिएर आएकी छिन् ।

हिन्दी टेलिसिरियल जोधा अकबरको सुटिङ्ग भएको भारतको रमणिय र ऐतिहासिक ठाँउ मुम्बाईको फिल्मी सिटी र शाहपुरमा छायाँङ्कन गरिएको उक्त गीतमा चर्चित सर्जक बिनोद रैगाइको लय तथा सुरजमान जयगढीको शब्दमा चर्चित गायिका तथा मोडल टिना शेर्पालीको लोक आधुनिक गीत “नसोचेकै कथा भयो” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको छ ।

समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका शेर्पालीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । शंकर रेगारको निर्देशनमा गायका तथा मोडल टिना शेर्पाली र नविन यात्रीको धमकेदार अभिनय रहेको उक्त भिडियोमा आशिष घोड्केले छाँयाकन, क्यामराम्यान निरज सिंह तथा निशा परमारको सम्पादन रहेको छ ।

दाङ्गमा जन्मिएर हाल मुम्बाईमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित शेर्पाली गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले १६ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने २४ भन्दा बढि हिन्दी गीतहरुमा भिडियो गरिसकेकी छिन् । कला, संस्कृति र भाषाको संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

https://youtu.be/Kb9fqgP2eVs

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment