बाँपीझ्याला, एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र साम्पडोरियाले बराबरी खेलेका छन् । शनिबार भएको खेलमा मिलान र साम्पडोरियाले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको ५७औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए ।
बराबरीसँगै मिलान २९ खेलमा ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । साम्पडोरिया ३६ अंकसहित दशौँ स्थानमा रहेको छ ।