अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित चरिकोट पार्टी प्यालेसमा नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगरको दोश्रो अधिवेशन सुन्दर खड्काको अध्यक्षतामा भव्य सम्पन्न भएको छ ।
करिव ५ शय जना नगरभित्रको शिक्षक शिक्षिकाहरुले भाग लिएको उक्त अधिवेशनमा महिला विकास तथा सचेतना केन्द्र दोलखाको तर्फबाट उक्त संस्थाको संरक्षक तथा समाजसेवी सकुना श्रेष्ठले सहभागी प्रतिनिधीहरुलाई क्याप उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।

यसै गरी बिपि साईन्टिकफिक टे«ड प्रा.लि. को तर्फबाट बिर बहादुर मगरले टिसर्ट, हरिशंकर अक्षकोष मेलुङ, कालिञ्चोक दर्शन प्रा.लि.का प्रबन्धक बालकृष्ण शिवाकोटी र युवा कमल चौहानले व्यवस्थापनमा सहभागी भई सहयोग गर्नु भएको जानकारी प्राप्त हुन आएको छ ।
राजन कार्कीको अ्रध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ । जस अनुसार महिला उपाध्यक्षमा तुलता मैनाली, पुरुष उपाध्यक्षमा पदमराज शिवाकोटी, सचिवमा राजन ढ्ंगेल, सह–सचिवमा पार्वती खड्का, कोषाध्यक्षमा गोकर्ण बस्नेत, सहकोषाध्यक्षमा सुजाता मास्के र सदस्यहरुमा उद्धब थामी, शेर बहादुर थापा, गायत्री घिमिरे, राजु नेपाली, शिवनन्दन शाह र कविराज दाहाल चयन हुनु भएको जानकारी तिखातल प्रा.बि का प्रधानध्यापक तिर्थ जोशीले बताउनु भयो ।
