Search

सुलक्षण विहार किर्तिपुरमा दिव्य सेवा समाज, समाजसेवी सकुना श्रेष्ठको सुपुत्र कुनाल श्रेष्ठको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण

सुलक्षण विहार किर्तिपुरमा दिव्य सेवा समाज, समाजसेवी सकुना श्रेष्ठको सुपुत्र कुनाल श्रेष्ठको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण
कुनाल श्रेष्ठ

२१ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । दिव्य सेवा समाजको आयोजनामा संस्थाका उपाध्यक्ष समाजसेवी सकुना श्रेष्ठको कान्छा सुपुत्र कुनाल श्रेष्ठको जन्मदिनको अवसरको उपलक्ष्यमा किर्तीपुर स्थित सुलक्षण किर्तिबिहारमा रहेका बालबालिकाहरुलाई शैक्षिक, खेलकुद र संगीत संग सम्वन्धीत विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।
डा. अनुजा गुरुमाको संरक्षणमा रहेको उक्त बिहारमा नेपालका दुर्गम तथा बिकट जिल्ला हुम्ला, जुम्ला लगाएत अन्य जिल्लाका ४० जना बालबालिकाहरु रहेकोे बताउनु भयो । यसै गरी संस्थाका सचिव शिरोमणी दवाडीका सुपुत्री अभिप्सा दाहालको जन्मदिनको अवसरको उपलक्ष्यमा संस्थालाई नगद रु. १० हजार सहयोग प्रदान गरिएको छ ।


आफ्नो कान्छा सुपुत्र कुनाल श्रेष्ठको जन्मदिन गत फागुण २३ गते आईतबार परेको भएपनी उक्त दिनको अवसरको उपलक्ष्यमा आज यस बिहारमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको उक्त संस्थाका उपाध्यक्ष तथा समाजसेवी सकुना श्रेष्ठले बताउनु भयो ।


यस दिव्य सेवा समाज, समाजमा रहेका आर्थिक अभाव, दिनुदुःखीहरुलाई सहयोग गर्ने उद्देश्य राखी संचालन गर्दै आएको यस संस्थाको संरक्षक हङकङमा बसोबास गर्दै आउनु भएको गोमा शर्मा हुनु हुन्छ ।


संस्थाको अध्यक्ष रामभक्त श्रेष्ठको अध्यक्षतामा संचालन भएको उक्त हस्तान्तर कार्यक्रममा संस्थाका उपाध्यक्ष सकुना श्रेष्ठ, पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । यसै गरी कार्यक्रम संस्थाका सचिव शिरोमणि दवाडीले संचालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रामभक्त श्रेष्ठ र उपाध्यक्ष सकुना श्रेष्ठले शुभकामना मन्तव्य दिनुका साथै बच्चाहरुको उज्वल भविष्यको कामना गर्नु भएको थियो ।


उपस्थित संस्थाका पदाधिकारी, सदस्य, पाहुना, शुभचिन्तक र बालबालिकाहरुको लागि बिहानी खाजाको समेत व्यवस्था गरिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!