२१ चैत्र, बाँपीझ्याला । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । शनिबार बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।
सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्नुभएको छ।