Search

अन्जु पन्तको नयाँ गीत बजारमा

अन्जु पन्तको नयाँ गीत बजारमा

२१ चैत्र, बाँपीझ्याला । चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा डा. सदानन्द कडेलद्वारा लिखित ‘निस्वार्थी माया आमाको’ गीत गाएकी छिन् । प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको एरेन्ज रहेको सो गीतको भिडियो बिहिवार सार्वजनिक गरिएको छ।

इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको भिडियोको निर्देशन सन्जिब पौडेल र यस गीतका सङ्गीतकार प्रमोद पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ।

सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!