Search

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर कोरोना पुष्टिभएकाे ६ दिनपछि अस्पताल भर्ना

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर कोरोना पुष्टिभएकाे ६ दिनपछि अस्पताल भर्ना

२० चैत, बाँपीझ्याला, नयाँ दिल्ली । कोरोना भाइरस संक्रमित भारतका पूर्व राष्ट्रिय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफू अस्पताल भर्ना भएको शुक्रबार बिहान जानकारी गराएका हुन् ।

‘चिकित्सकको सल्लाहअनुसार म अस्पताल भर्ना भएको छु’, उनले लेखेका छन्, ‘आशा छ केही दिनमै घर फर्किनेछु ।’

सचिनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबैलाई हार्दिक धन्यवाद’, उनले ट्वीटरमा लेखेका छन् ।

४७ वर्षीय सचिनलाई शनिबार कोरोना संक्रमण भएको थियो । कोरोनाका सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उनी होम आइसोलेसनमै थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!