Search

कोभिड कप फुटबल २०२१ हुने

कोभिड कप फुटबल २०२१ हुने

१९ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।

खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!