१८ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । मेलम्चीको पानी वितरण सुरु भए संगै पाइपलाइनमा चुहावट भएको ठाउँमा मर्मत गर्ने काम अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाका भित्र मेलम्चीको पानी पुरानो पाइपबाट वितरण गर्दा केही ठाउँमा चुहावट लगायतका समस्या देखिएकोले पाइपलाइन स्थलमै प्राविधिक टोली खटाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिनुभयो ।
अहिले पुरानो पाइपमा प्वाल पारेर धेरै धारामा पठाउँदा कुनै पाइपमा धेरै पानी जाने कुनै अलि थोरै र कति धारामा पानी नै नजाने प्राविधिक समस्या देखिएको यसको समस्या समाधान गर्न काम भइरहेको उहाँले बताउनुभयो ।
पानी वितरण सुरु भए पनि उकालो र मसिनो पाइप भएको ठाउँमा पानी जतिजान पर्ने हो त्यो नगएको सुन्नमा आएकोले पाइपको अवस्था बुझने काम भइरहेको केयूकेएलको भनाई छ ।
अहिले पानी पठाउने परीक्षणको समय भएकोले कुनै ठाउँमा धारामा पानी नआए केही समय धैर्य गर्न उपभोक्तालाई कार्यकारी निर्देशक शाक्य आग्रह गर्नुहुन्छ ।मेलम्चीको पानी दैनिक रुपमा १७ करोड लिटर आउने भए तापनि अहिले परीक्षणको समय भएकोले थोरै थोरै मात्रमा पानी ल्याइएको अवस्था छ ।
सुरुमा परीक्षणमा दैनिक चार करोड लिटर पठाए पछि विस्तारै बढाउदै गएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।सुरुमा मेलम्चीको पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो । उपभोक्तालाई दैनिक रुपमा पानी वितरण गर्न कार्ययोजनाका साथ काम गरिरहेको समेत कार्यकारी निर्देशक शाक्य बताउनुहुन्छ ।
हाल एक दिन बिराएर दुईदेखि तीन घण्टा पानी वितरण गरिएको समेत उहाँले बताउनुभयो । अहिले पठाइएको पानी गुणस्तरीय ल्याव परीक्षण गरेर पठाइएकोले ढुक्क भएर उपभोग गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो । यही आइतबार दिउँसोदेखि महाँकाल चौरबाट त्रिपुरेश्वर, न्यूरोड, चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको हो । महाँकालचौरमा दैनिक ८५ लाख लिटर भण्डारण गर्ने क्षमता रहेको छ ।
अहिले सुरुमा केयूकेएलले जम्मा पाएको दैनिक चार करोड लिटर पानी मध्ये दुई करोड लिटर पानी महाँकालले पाएको छ ।यसै गरि अनामनगर, मीनभवन, खुमलटारस्थित पोखरीमा पनि पानी भण्डारण गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने बताएको छ ।
दोस्रो चरणमा महाँकाल र बालाजुको पानी वितरण गर्ने छ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलले यस अघि जनाएको छ ।
बोरिङ्ग पानीमा मेलम्चीको पानी नमिसाइने
केयुकेएलले जमिन मुनीको बोरिङ्गबाट निकालेर वितरण गर्दै उक्त पानी मेलम्चीको पानीमा नमिसाउने भएको छ । मेलम्चीको पानी र बोरिङ्गको पानी मिसाउन त्यति उपयूक्त नहुने भएकोले मेलम्चीको पानी नै वितरण गरिने भएको छ । बोरिङ्गको पानीलाई बैकल्पिक स्रोतको रुपमा यर्थावत राख्ने योजना रहेको कार्यकारी निर्देशक शाक्य बताउनुहुन्छ ।
+ There are no comments
Add yours