Search

बनारसको घाटमा सौन्दर्याको हट फोटो सुट

बनारसको घाटमा सौन्दर्याको हट फोटो सुट

बाँपीझ्याला, मुम्बई, एजेन्सी । अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चचा हुने गर्छ । शर्माले यतिबेला होली अवसर पारेर एक फोटो सुट समेत गराएकी छन् । जसले अहिले चर्चा बटुली रहेको छ । बनारसको एक घाटमा खिचाइएको तस्बिर उनले आफ्नो इस्टा अकाउन्टबाट शेयर गरेकी हुन् ।

लुक्सको कुरा गर्ने हो भने सौन्दर्यले गोल्डेन बोडर भएको सेतो कलरको सारी लगाएकी छन् । यो सिम्पल साडीमा उनले ब्याकलेस ब्लाउज समेत लगाएकी छन् । तस्बिर बनारसको घाटमा रंगको साथ रहेको छ ।

उनले आफ्नो लुक्सलाई पुरै ट्रेडिसनल बनाउन कपालका गजरा समेत लगाएकी छन् । उनले आफ्नो लुक्स मिनिमल मेकअप, काजल र बिन्दीले कम्प्लिट गरेकी छन् । उनले हातमा रंगको थाली लिएर मुस्कुराएकी छन् ।

केही समाजिक प्रयोगकर्ताले उनको लुक्स मनपराएका छन् । कोहीले भने उनको ट्रोल गरेका छन् । एक युजर्सले उनको तस्विरको कमेन्टमा लेखेका छन् ‘यस्तो शुभ स्थानमा कम से कम पुरै कपडा लगाउनुपर्छ ।’ अर्काे एक युजर्सले लेखेका छन् ‘कमसेकम पावन स्थानमा सहि कपडा लगाउँनु पर्छ ।’

कामको कुरा गर्ने हो भने सौन्दर्या २०१७ मा फिल्म ‘रान्ची डायरीज’मा देखिएकी थिइन् । फिल्ममा उनको अलवा अनुपम खेर, जिम्मी शेरगिलको समेत अभिनय रहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!