Search

कोरोना विरुद्धको फाइजरको खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी देखिएको दावी

कोरोना विरुद्धको फाइजरको खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी देखिएको दावी

१८ चैत, बाँपीझ्याला, काठमाण्डौं । फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा पनि प्रभावकारी देखिएको दावी गरिएको छ। बुधबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त समूहका बालबालिकामा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रभावकारी देखिएको दावी गरिएको हो।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले अमेरकी नियमक निकायबाट आपत्कालीन प्रयोगका लागि अनुमति लिने प्रक्रियामा रहेको समेत जानकारी दिएका छन्।

‘१२ देखि १५ वर्ष उमेरका बालबालिकामा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रभावकारी रहेको देखिएको छ। यो खोप आपत्कालीन प्रयोगको लागि खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट अनुमति लिने प्रकृयामा रहेको छ। अर्को वर्ष विद्यालय खुल्नुभन्दा अघि यस उमेर समूहलाई खोप दिसक्ने लक्ष्य राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

१२ देखि १५ वर्ष उमेरका २२ सय ६० किशोरकिशोरीहरूमा यो खोप परिक्षण गरिएको थियो। परीक्षणमा खोपको प्रभावकारीता १०० प्रतिशत देखिएको कम्पनीको दावी छ।

वयस्क गरिएको परीक्षणमा सामान्यतया शरिर दुखाइ, टाउको दुख्ने, ज्वरो आउने र थकाई लाग्ने लगाएतका साइड इफेक्टहरू देखिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!