अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाकोे तामाकोशी गाउँपालिकामा तामाङ सङ्ग्राहलय निर्माण शुरु गरिएको छ । उक्त गाउँपालिकाको वडा नं. २ झुले स्थित साविक वडा नम्बर ८ थाकस्वाँरा मसिबारीमा संग्राहलय भवन निर्माण शुरु गरिएको छ ।
गाउँपालिकाले ३० लाख रुपैयाँ लागतमा ४ कोठे संग्राहलय भवन निर्माण गर्न लागेको थाहा हुन आएको छ । उक्त संग्राहलय भवन निर्माणको जिम्मा श्रीजन कन्स्ट्रक्सन चरिकोटले लिएको छ । चालु आर्थिक बर्षमै उक्त कार्य सिध्याउन पर्ने जानकारी समेत प्राप्त भएको छ । संग्राहलय भवन निर्माणको काम शुरु भइसकेको तामाकोशी गाउँपालिका वडा नं. २ झुलेका वडा अध्यक्ष हर्क बहादुर योन्जनले बताउनु भयो ।
उक्त संग्राहलय भवन निर्माणका लागी वडा अध्यक्ष हर्क बहादुर योन्जनले १ रोपनी २ आना जग्गा दान गर्नु भएको छ । यस बर्षमा संग्राहलय भवनको निर्माण गरिने र अर्को वर्ष तामाङ जाति, यस संग सम्वन्धीत धर्म, संस्कृती र परम्परा संग झल्किने पुराना र तामाङ जातिय भावना झल्कने पोशाकहरु समेत संकलन गरी राख्ने थाहा भएको छ ।
तामाकोशी गाउँपालिकाले यस भन्दा पहिले गाउँपालिका भित्र माझी संग्राहलय, सुनुवार संग्राहलय जस्ता अन्य भवन निर्माण गरिसकेको थाहा भएको छ ।